विपद्ले एउटै परिवारलाई मृत्यु, बेपत्ता र जीवित तीन वर्गमा बाँड्ने गर्छ। बाँच्न सफलहरूलाई बिछोड, गुमाइ, क्षतिबिच बाँकी जीवनलाई निरन्तरता दिनु असाध्यै कठिन काम हो, जसले मानसिक समस्या निम्त्याउने गरेको हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक ९ मिनेटमा एक जना अर्थात् वार्षिक ५९ हजारभन्दा बढी रेबिजका कारण मृत्यु हुन्छ, जसमा अधिकांश बालबालिका र विपन्न वर्ग पर्छन्।
नेपालका विमानस्थल, अस्पताल र स्वास्थ्य प्रणालीमा देखिएको कमजोर तयारीले विगतमा शंकास्पद बिरामी व्यवस्थापनमै समस्या सिर्जना गरेको थियो। इबोला संक्रमण रोकथामका लागि सामुदायिक सचेतना, द्रुत परीक्षण, आइसोलेसन र स्वास्थ्यकर्मीको सुरक्षामा तत्काल सुधार आवश्यक छ।