५ चैत्र २०८२ बिहीबार
image/svg+xml

सुडानसँगको सीमा बन्द गर्न चाडका राष्ट्रपतिको आदेश

सीमावर्ती शहरमा सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएपछि उनले सीमा पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन्।

रास्वपाका शीर्ष नेताहरूबिच छलफल, बालेन्द्र पनि सहभागी

छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद (डिपी) अर्याल सहभागी थिए।

भ्रष्टाचार आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

ढकारी गाउँपालिकामा बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्ष साउदसहित ४ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएकाे छ।

पर्यटन व्यावसायी भन्छन्ः ‘होटल र रेस्टुरेन्टमा आधा सिलिन्डरको प्रयोगले नोक्सानी बढ्यो’

ग्यासको माग उच्च भएसँगै आयल निगमले आधा परिमाण (७.१ किलो) ग्यास भरिएको सिलिन्डर बजारमा पठाउने निर्णय केहीदिन अघि गर्यो। निगमको निर्णयसँगै ग्यास उद्योगले पनि आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाए। तर, पर्यटन क्षेत्रले भने आधा सिलिन्डरले झनै नोक्सानी खेप्नुपरेको गुनासो गरेको छ।

विराटनगरमा घर निर्माण प्रदर्शनी हुने

विराटनगरस्थित जैन भवनमा चैत १३ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना गरिने उद्योग संगठन मोरङले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचन : २७५ सदस्य निर्वाचित हुँदा १७९ पुरुष र ९६ महिला

कुल ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा थिए, जसमा ३८८ जना महिला र ३ हजार १७ पुरुष तथा अन्य एक जना उम्मेदवार थिए ।

एन्फा राष्ट्रिय महिला लिग अनिश्चितकालका लागि स्थगित

विदेशी खेलाडीको भिसाको कारण अध्यागमन विभागले बिहीबार एन्फालाई पत्र लेखेको थियो।

नयाँ संसद् सञ्चालनको तयारी तीव्र: सर्वदलीय बैठकमा शपथ र कार्यसूचीमा सहमति

सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा बसेको बैठकमा संसद् सञ्चालन, सदस्यहरूको शपथग्रहण, सभामुख चयनलगायतका विषयमा प्रारम्भिक छलफल भएको छ।

संविधान जारी भएपछि पहिलोपटक धारा ७६ (१) बाट सरकार गठन हुँदै

संविधान जारी भएपछि पहिलोपटक धारा ७६ को उपधारा (१) अन्तर्गत एकल बमुहमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्ति हुन लागेको हो।

मन्त्रीको नाम टुंगो लगाउन शुक्रबार रास्वपाको निर्णायक बैठक

निर्वाचन आयोगले बिहीबार गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपतिसमक्ष बुझाएपछि रास्वपाले सरकार गठन प्रक्रिया थालेको हो।

चाँदीखोलामा अवैध उत्खननविरुद्ध कारबाही: ८ ट्र्याक्टर नियन्त्रणमा

रौतहटमा अवैध रूपमा चाँदीखोलाबाट नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा ८ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

‘विदेश भ्रमण’को सपना देखाएर तीन करोड ठगी: ३२८ जना पीडित, ७ जना पक्राउ

प्रहरीका अनुसार उक्त समूहले युरोप, एसिया र अफ्रिकासहित १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने भन्दै आकर्षक ‘प्याकेज अफर’ सार्वजनिक गरेका थिए।

तीव्र हावाहुरीको पूर्वानुमानपछि प्राधिकरणले भन्यो अति आवश्यक नपरी घर बाहिर ननिस्कनु

शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्