चितवन-३ : सोबिताको आक्रामक अग्रता, रेणु ९ हजार मतले पछि
चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्।
चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्।
नेपाली कम्युनिष्ट पार्टीका अर्जुन बहादुर थापा २,००१ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी १,९२८ मतका साथ चौथो स्थानमा सीमित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ४८४ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका केशव राज पाण्डेले एक हजार ९३४ मत प्राप्त गर्दा नेकपा एमालेका रामचन्द्र उप्रेती एक हजार ६७१ मतका साथ चौथो स्थानमा सीमित भएका छन्।
लमजुङको मतगणना परिणाममा पुनः फेरबदल आएको छ। साँझ ७:२० बजेको ताजा अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले आफ्नो अग्रता लिएका छन्।
ताजा नतिजा अनुसार ‘घण्टी’ चुनाव चिह्न भएका बुर्लाकोटी १५७१ मतका साथ शीर्ष स्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने (तारा) ले ४०९ मत प्राप्त गरेका छन्। बुर्लाकोटी र न्यौपानेबीचको मतान्तर ११६२ पुगेको छ।
प्राप्त नतिजा अनुसार दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी अग्रता लिएको छ भने एउटा क्षेत्रमा नेकपा एमाले अगाडि देखिएको छ।
काठमाडौं क्षेत्र नम्बर-५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी अग्रता बनाएको छ। यहाँ ३२ हजार ४१६ मत गणना हुँदा रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १९ हजार मत कटाएका छन्।
शुक्रवार साँझसम्मको मत परिणाम अनुसार खत्रीले १३ हजार ५ सय ५७ मत प्राप्त गरेका छन् भने उनको मुख्य प्रतिस्पर्धीको रूपमा देखिएका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ३ हजार ६ सय १२ मत हासिल गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं-१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना न्यौपानेले जनताको भावनाअनुसार आफूले काम गरेरै देखाउनुपर्ने बताएकी छन्।
रास्वपाका यादवले १३७४ मत ल्याएर अग्रता लिएका छन् भने नेपाली कांग्रेसका दिनेश प्रसाद परसैला यादवले ४७७ मत ल्याएर पछ्याउँदै छन् ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणनामा हालसम्म ६ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ।
हिमाली जिल्ला मनाङमा कांग्रेसले जित हासिल गरेको छ। मनाङमा कांग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङ विजयी भएका छन। योपटक समेत गरेर गुरुङको संसदमा तेश्रो सहभागिता हो।
झापा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका निवर्तमान सभामुख र उपसभामुख आमनेसामने छन्। पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार एवं निवर्तमान उपसभामुख इन्दिरा रानाले फराकिलो अग्रता बनाएकी छन्।
आज साँझ करिब ६ बजेसम्मको मतगणना अनुरूप कुल ३३ हजार ६६७ मत गणना गर्दा रास्वपाका सुलभ खरेल २२ हजार ५६४ मतसहितको फराकिलो अग्रता कायम राखेका छन्। नेकपा एमालेका विष्णु पौडेल ४ हजार ८९७ मतसहित दोस्रो स्थानमा छन्।