२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml

१२ क्षेत्रमा नतिजा: रास्वपाको ७, कांग्रेसको ३ र नेकपाको २ जित

प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार हालसम्म विभिन्न तीन राजनीतिक दलका १२ जना उम्मेदवार निर्वाचित भएका छन्।

दाङका सबै क्षेत्रमा रास्वपाको भारी अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतगणना परिणाम अनुसार दाङ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्।

उज्यालो नेपाल निर्माणको यात्रामा थप सक्रिय रहनेछु : अध्यक्ष घिसिङ

काठमाडौँ क्षेत्र नं. ३ बाट पराजित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष घिसिङले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई बधाई दिँदै आफूलाई मत दिने मतदाताहरूलाई आभार व्यक्त गरेका छन्।

मधेशमा रास्वपाको अग्रता: ३२ मध्ये २९ सिटमा रास्वपा अगाडि

मधेश प्रदेशका ३२ सिटमध्ये रास्वपा सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्साका सबै क्षेत्रमा अगाडि देखिएको छ। सप्तरी, धनुषा र रौतहटको एक-एक क्षेत्रबाहेक यी जिल्लाका बाँकी तीन-तीन क्षेत्रमा पनि रास्वपा अगाडि छ।

कास्की-३ मा रास्वपाकी विना गुरुङको सानदार जित, कांग्रेस र एमाले तेब्बर मतान्तरले पछि

कास्की क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ फराकिलो मतान्तरसहित विजयी भएकी छन्।

अझै खाता खोल्न नसकेको एमाले १४ स्थानमा अगाडि

जन लहर रास्वपातिर अघि बढेसँगै नेकपा एमालेले अहिलेसम्म कुनै क्षेत्रमा जित निकाल्न सकेको छैन ।

मतपेटिका सङ्कलन नहुँदा गोरखा-१ मा मतगणना भएन

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा–१ को मतपेटिका शनिबार मात्र सङ्कलन हुने भएको छ।

समानुपातिक तर्फको मत पनि रास्वपालाई

प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ।

काठमाडौं-१० मा रास्वपाका विष्टको सानदार जित, कांग्रेस र एमाले भारी मतान्तरले पछि

काठमाडौं क्षेत्र नम्बर-१० बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्ट फराकिलो मतान्तरसहित विजयी भएका छन्।

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं क्षेत्र नम्बर-७ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली सानदार जितसहित निर्वाचित भएका छन्।

झापा-५ : बालेनको फराकिलो अग्रता, ओली १३ हजार मतले पछि

झापा क्षेत्र नम्बर-५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी

कालीकोटबाट नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

मधेसमा रास्वपाको अग्रता: ३२ मध्ये २९ क्षेत्रमा अगाडि

मधेस प्रदेशका ८ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २९ सिटमा अग्रता कायम गरेको छ ।

देशकै ठूलो जिम्मेवारी काँधमा आए जस्तो भयो: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन्।

बहिस्कार र विरोधकाबिच रौतहट २ मा कांग्रेसको अग्रता

मुख्य प्रतिस्पर्धी मानिएका साहले मतगणना बहिस्कार गर्दै धर्नामा बसेका छन् । साह धरनामा बसिरहँदा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्