६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुनकोशी कला–साहित्य यात्रा सम्पन्न

कवि धरणीधर कोइरालाको १ सय २६ औं जन्मजयन्तीमा आयोजना गरिएको ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’को समापन भएको छ । धरणीधर स्मृति पुस्तकालयले आयोजना गरेको पाँच दिने सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएसँगै कलायात्रा समापन भएको हो ।

कोशी सम्झौताका मिर्जाफरहरू

नेपालीहरूको मन पोल्ने गरेका दुई मुख्य कारण छन् । एउटा नेपाललाई नोक्सान हुने गरी गरिएका नदी सम्झौताहरू र अर्को ठूला ठूला भ्रष्टाचारका घटनाहरू । चाहे ती विगतमा गरिएका हुन् या वर्तमानमा, ती काण्डहरू समयको दौरानमा बिलाएर जाने होइनन् । अंग्रेजले भारतमा राज गर्न पाएको मुख्य कारण सन् १७५७ को प्लासीको युद्ध जितेकाले हो।

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ।  आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ।

बन्दका कारण कोशी पहाडको जनजीवन कष्टकर

प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ।

६ सय ५० मेगावाटको तामाकोशी–तेस्रो तीन सयमा झारिने

टिबिआई होल्डिङ कम्पनी लिमिटेडले ६ सय ५० मेगावाट क्षमताको तामाकोशी–तेस्रो जलविद्युत आयोजनालाई तीन सय मेगावाटमा झार्न विद्युत विकास विभागमा निवेदन दिएको छ ।

दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’

सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’लाई यथावत राख्ने अडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

माथिल्लो तामाकोशीले २०७५ पुसभित्र बिजुली उत्पादन थाल्ने

स्वदेशी लगानीको सबै भन्दा ठुलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको हेडरेस टनेल अर्थात मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ। आयोजनाको बाँधस्थल लामावगर र गोंगर दुवै तर्फबाट ७ बर्ष अघि खन्न सुरु गरिएको ८.४ किलोमिटरको मुख्य सुरुङ मार्ग बिहिबार पुरा भए सगैं ‘ब्रेक थ्रु’ को उत्सव मनाईएको दिनलाई अधिकारीहरुले आयोजनको निर्माण चरण मध्येको एउटा महत्वपूर्ण सफलता भनेका छन्।

तामाकोशी आयोजनाको ८.२ किमी सुरुङ खन्ने काम सम्पन्न

स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएको छ। सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

कोशी उच्च बाँध र हाम्रो आवश्यकता

नेपालको उज्ज्वल भविष्य जलविद्युत्सँग जोडिएको छ भने जलविद्युत्को भविष्य जलाशय आयोजनाहरूसँग । तसर्थ जलाशययुक्त आयोजना निर्माण हुनु जरुरी छ तर त्यस्ता जलाशय आयोजना नेपालको अधिकतम हितमा, न्यून वातावरणीय असर र न्यून जोखिमयुक्त हुनु पनि जरुरी छ ।

कोशी टप्पुमा पर्यटक आगमन बढ्दो

चराको स्वर्ग भनेर चिनिदै आएको कोशी टप्पु वन्य जन्तु आरक्षमा पर्यटक आगमन दर बढ्दो छ। शान्तिपूर्ण अवस्थाले गर्दा पर्यटकको संख्या आगमन उत्साहजनक वृद्दि भएको हो । पछिल्लो चार बर्षको तथ्याङ्क हेर्दा पर्यटक आगमन लगातार उकालो लाग्दो छ।

म्याद नाघेको पाँच वर्षपछि दुधकोशीकाे पुल ढलान

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोशीमा निर्माणाधिन आरसिसी पुल ढलान गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी पुल पाँच दिन लगाएर ढलान गरिएको हो । बुधबारदेखि सुरु गरिएको ढलानका काम सोमबार सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए ।

यसकारण कोशी बाँध राष्ट्रिय कलंक

आयोजनाका लागि करिब तीन सय मिटर अग्लो बाँध बनाएर जलाशय निर्माण गर्नुपर्ने हुनाले एउटा विमानस्थल, १९ वटा पुल लगायत ११ जिल्लाका ८० गाउँको १९६ वर्ग किलोमिटर जमिन डुबानमा पर्छ । नेपालको भूमि डुबानमा पारेर, लाखौँ नेपालीलाई विस्थापन गरेर भारतलाई बिजुली र सुख्खायाममा थप÷नियन्त्रित पानी निःशुल्क उपलब्ध गराउँदा घाटा जति नेपाललाई र लाभ जति भारतलाई हुन्छ । अनि सार्वभौमसत्ता ?

दुधकौशिकाको नाम थुलुङ दुधकोशी

सोलुखुम्बुको दुधकौशिका गाउँपालिकाको नाम थुलुङ दुधकोशी गाउँपालिका राखिने भएको छ । संसोधन गरिएको नाम कार्यपालिकाको बैठकले पारित समेत गरेको छ।

माथिल्लो तामाकोशीको काममा ढिलाइ

४ सय ५६ मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएको छ।

‘कोशी व्यारेजमा बम हान्दैनौं भन्न सकिन्न’

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न पछि नपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठनले बुधबार बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विप्लवले कोशी व्यारेजमा बम पड्काउने धम्की दिएको भनि गलत प्रचार भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्