६ आश्विन २०८१ आइतबार
image/svg+xml

नयाँ ट्रयाक खोलेर कोशी राजमार्ग सुचारु

पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडक खण्डमा सवारी आवागमन सुचारु भएको छ।

कोशी ब्यारेजका ढोका खोल्न एमालेको माग

नेकपा (एमाले)ले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ।

पहिरोले सडक बगाएपछि कोशी राजमार्ग अवरुद्ध

दुई दिनदेखिको अविरल बर्षासँगैको पहिरोले सडक भत्किएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै कोशी पहाडी र तराईको जिल्ला सम्पर्क टुटेको छ।

कोशीमा कुनै खतरा छैन, हल्लाको पछि नलागौं : प्रजिअ पराजुली

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताएका छन्। उनले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताए।

सप्तकोशी नदीको बहाव उच्च

बुधबारदेखि पूर्वी पहाडी क्षेत्रमा अविरल पानी परेपछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढेको छ।

भोटेकोशीको लार्चामा बेलीब्रिजको काम शुरु

साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ।

ढिस्को खस्दा भोटेकोशीको लार्चा पुल दुई टुक्रा, तातोपानीसँग सम्पर्कविच्छेद

चीनको तिब्बत जोड्ने तातोपानीस्थित भोटेकोशीको लार्चा पुल अविरल वर्षासँगै खसेको पहिराेले दुई टुक्रा भएको छ। पुल भत्किएसँगै तत्कालीन तातोपानी गाविसपट्टिका बासिन्दासँग जिल्लासँग एक्लिएका छन्। उनीहरु बाह्रबिसे ओर्लिन सो पुल तर्ने गर्थे।

सुनकोशी नदीको पुल निर्माण अलपत्र

दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ ।

सिन्धुपाल्चोकको सुनकोशीमा कांग्रेसका जिसी विजयी

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार श्रवण कुमार जिसी विजयी भएका छन्।

सिन्धुपाल्चोकको भोटेकोशीमा माओवादी विजयी

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपलिकामा माओवादी केन्द्रका राजकुमार पौडेल विजयी भएका छन् । उनले २५७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका साङ्बु शोर्पाले २४५० मत प्राप्त गरे ।

सिन्धुपाल्चोकमा मतगणना सुरु, भोटेकोशी १ मा काँग्रेसको अग्रता

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ५ वटामा मतगणना सुरु भएको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु, भोटेकोशी र बलेफी गाउँपालिकामा मतगणना सुरु गरिएको हो ।

कोशी 'हाइड्याम' बनेपछि कोलकाता–नेपाल पानी जहाज चल्छ: राजदूत राय

राजदूत रायले कोशी 'हाइड्याम' र कमला डाईभर्सन प्रोजेक्टसमेत बन्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो भयो भने नेपालमा सिँचाई हुन्छ भने भारतमा बाढी नियन्त्रण हुन्छ।’ त्यस्तै कोशी 'हाइड्याम' निर्माण भएपछि कोलकत्ता–नेपाल पानीजहाज चल्नेछ।' कोशी 'हाइड्याम' बने नेपाली भूभाग डुबानमा पर्ने नेपाली विज्ञहरुले बताइरहेका बेला भारतीय राजदूतको यस्तो धारणा सार्वजनिक गरेका हुन्।

'तामाकोशीको सेयर कार्यकर्तालाई नबाँड'

दोलखाका तीन जना सांसदले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर माओवादी कार्यकर्तालाई बाँड्न नहुने बताएका छन्। सरकारले तामाकोशी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयरबाट कार्यकर्ता पोस्ने तयारी गरेपछि उनीहरुको यस्तो प्रतिक्रिया आएको हो।

तामाकोशीको सेयर कार्यकर्तालाई नबाँड्न चेतावनी

दोलखाका तीनजना सांसदले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर माओवादी कार्यकर्तालाई बाँड्न नहुने बताएका छन्। सरकारले तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयरबाट कार्यकर्ता पोस्ने तयारी गरेपछि उनीहरुको यस्तो प्रतिक्रिया आएको हो ।

दुई साता पछि सप्तकोशीमा डुंगा सञ्चालन

इटहरी- सप्तकोसीमा स्थानीय प्रशासनले रोक लगाएको डुंगा सञ्चालन दुई सातापछि आइतबारदेखि सुरु भएको छ। डुंगा सञ्चालन सुरु भएपछि सुनसरी श्रीलंका टापुका बासीन्दा कोसी पूर्वको प्रकाशपुर आउजाउ गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्