५ आश्विन २०८१ शनिबार
image/svg+xml

शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार, २६ जनाविरुद्धको मुद्दा फिर्ताको तयारी

शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार भएपछि आन्दोलनका क्रममा जेठ १४ गते पक्राउ परेको २६ जना प्रदर्शनकारीलाई छाड्ने तयारी गरिएको छ।

कोशी प्रदेशको बजेटअधिवेशन आज देखि

कोशी प्रदेशको बजेट अधिवेशन आज देखि सुरू हुँदैछ। गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि स्थागित भएको प्रदेशसभा वैठक आज देखि सुरू हुने भएको हो।

सेनाका रावलले जिते विराट– वर्जु हाफ म्याराथनको उपाधि

विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।

कोशी प्रदेशमा बजेटको आकार घट्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिकमा वर्ष ५ अर्ब रुपैयाँले घट्ने बताएका छन्।

सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ। बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताएका छन्।

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सुन, चाँदी र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

विराटनगरबाट भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको सुन, चाँदी र भारतीय रुपैयाँसहित २ भारतीय तथा १ नेपाली नागरिकलाई विराटनगरबाट शुक्रवार प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेशमा श्रम डेक्स राखिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिकको सूचिकरणका लागि प्रदेश र स्थानिय तहमा श्रम डेक्सको स्थापना गर्ने बताएका छन्।

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन्।

कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैनः योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन्।

कोशीमा सडक र जलविद्युतका पूर्वाधारलाई प्राथमिकता, कृषि, उद्योग र पर्यटन ओझेलमा

सडक र जलविद्युत क्षेत्रका ठूला आयोजनाको काम धमाधम अघि बढ्दै गर्दा कोशी प्रदेशमा विकासको लहर देखिन थालेको छ।

पहिचान पक्षधरद्वारा इटहरीमा प्रदर्शन: पुनः नामाकरण नभएसम्म आन्दोलन नरोकिने उद्घोष

कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै पहिचानवादीहरुले आइतबार दिउँसो इटहरीमा प्रदर्शन गरेका छन्।

प्रतिपक्षी दललाई सरकारमा सहभागि हुन मुख्यमन्त्री कार्कीको आह्वान

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको सरकारमा सहभागी हुन प्रतिपक्षीदलहरू नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीलाई आह्वान गरेका छन्।

मुख्यमन्त्री कार्कीको सय दिने उपलब्धी: मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको नामाकरणसम्म

सरकारले मन्त्रालयको संख्या १३ बाट ९ मा झारेको र प्रदेश १ लाई कोशी नामाकरणलाई मुख्य उपलब्धिका रुपमा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्