३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सुन, चाँदी र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

विराटनगरबाट भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको सुन, चाँदी र भारतीय रुपैयाँसहित २ भारतीय तथा १ नेपाली नागरिकलाई विराटनगरबाट शुक्रवार प्रहरीले पक्राउ गरेको छ।

५४ तोला सुन र ८ केजी चाँदीका बिस्कुट तथा तयारी अवस्थाका सामानका साथै साढे सात लाख भारतीय रुपैयाँसहित विराटनगर–१५ बाट ३ जनालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।भारत विहार कटिहारका ६१ वर्षीय विनोदकुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका साथै भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामत पक्राउ परेका हुन्।पक्राउ परेका विनोदकुमार विराटनगरस्थित केएल ग्रुपमा ३२ वर्षदेखि लेखापालको काम गर्दै आएको प्रहरीले जनाएको छ। 

सुनबाट बनेका सामानहरू ठूलो बिस्कुट–३, सानो बिस्कुट–६, ५ ग्रामको बिस्कुट–२, सिक्काहरू, ४ ग्रामको सिक्का–१०, १० ग्रामको सिक्का–१, ८ ग्रामको सिक्का–६, १० ग्रामको सिक्का–२, कनौती–२, ह्यालिङ–२ थान रहेका छन्।चाँदीबाट बनेको सामग्री ढिक्का–११, बुनिया, सिक्का–६८, चार मुखे कचौरा (दियो)–१, सिन्धुर राख्ने–१, थाल–६, कचौरा–६, चम्चा–६, गिलास–६, मड्की–१ र डिनरसेट ढोंगा–४ थान प्रहरीले बरामद गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ट नायव निरीक्षक फिरोज चौधरीको टोलीले विराटनगरबाट रानीतर्फ (भारतीय सीमा क्षेत्र) जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानलाई शंका लागी चेक गर्दा सुन, चाँदी र भारती रुपैयाँ फेला परेको हो।शुक्रवार दिउँसो साढे ३ बजेतिर रानी जाँदै गरेको इभेनलाई चेक गर्दा भ्यानमा लुकाइ छिपाइ राखे सुन, चाँदीका सामग्री र उनीहरूको शरीरबाटसमेत सामग्रीका साथै विभिन्न दरका भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

पक्राउ परेका र बरामद भएका सुन, चाँदीका सामग्री, नगद र इभेनसमेत गरी करिब ९० लाख मूल्य बराबरको सामग्री आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


 

प्रकाशित: २३ वैशाख २०८० १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App