५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्षी दललाई सरकारमा सहभागि हुन मुख्यमन्त्री कार्कीको आह्वान

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको  सरकारमा सहभागी हुन प्रतिपक्षीदलहरू नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीलाई आह्वान गरेका छन्।

कोशी प्रदेश सरकारको सय दिनको उपलब्धी सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई उदाहरणीय बनाउन र राजनीतिक स्थायित्वका लागि आफ्नो नेतृत्वको सरकारमा सहभागि हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीलाई आह्वान गरेका हुन्।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दल मध्ये हाल ४ वटा दलहरू सरकारमा सहभागि रहेको बताउँदै प्रदेशमा राजनीतिक स्थिरता र मध्यावधी निर्वाचनमा जानु पर्ने बाध्यात्मक स्थितिबाट निकास दिन अहिलेको सरकारमा सहभागि हुन आग्रह गरे।  उनले भने ‘आउनुहोस् सबै मिलेर सरकार सञ्चालन गरौं।’  संसदीय व्यवस्थामा प्रतिपक्षी दलको भूमिका हुने भए पनि कोशी प्रदेशमा सबैदलको साझा सरकार बनाएर उदाहरण प्रस्तुत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे। कोशी प्रदेश सभामा एमाले सबै भन्दा ठूलो दल हो। अहिले एमालेकै संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ।

कोशी प्रदेशमा संघीय सरकारमा सहभागी भएका सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले  सरकार बनाउन छलफल सुरू गरेका छन्। तर प्रदेशसभामा प्राप्त जनमतका कारण सत्तारुढ गठबन्धनका कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दललाई सरकार बनाउन त्यति सजिलो भने देखिएको छैन। कोशी प्रदेशसभामा ४ दलिय गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेसका २९, नेकपा माओवादीका सभामुखसहित  १३, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ।

सभामुखसहित मात्रै बहुमत पुग्ने भएकाले संघीय सत्तारुढ गठबन्धनका दलहरूलाई  कोशी प्रदेशमा सरकार गठन र सञ्चालन त्यति सजिलो देखिएको छैन। त्यहि कारण अन्य प्रदेशमा सरकार परिवर्तन भइसके पनि कोशी प्रदेशमा अझै सरकार परिवर्तन हुन सकेको छैन। राप्रपालाई नयाँ बन्ने सरकारमा समाबेश गर्न दलहरूले प्रयास थालेका छन्। प्रदेसभामा  एमालेको ४० जना र  राप्रपाका ६ जना सांसद छन्।  

प्रकाशित: ५ वैशाख २०८० ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App