५ आश्विन २०८१ शनिबार
image/svg+xml

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।

बागमती प्रदेश: गठबन्धनले बहुमत ल्याउँदा कांग्रेस पहिलो दल

२०७४ मा एक्लै ४२ सिट जितेर पहिलो भएको एमाले यो चुनावमा माओवादीभन्दा पनि तल रहेर १३ स्थानसहित तेस्रो बन्दा गढ मानिएका ६ जिल्लामा क्लीन स्वीप भयो।

को बन्ला बागमती प्रदेशको मुख्यमन्त्री ?

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसक्नै लाग्दा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ।

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशको पत्रकार परिचयपत्र नागरिक एपमा हेर्न सकिने

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित नागरिक एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जनमा बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र हेर्न सकिन्छ।

बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो

यस्तै प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश १ ले बागमतीलाई दियाे ३०५ रनको लक्ष्य

प्रदेश १ का लागि ओपनिङ गरेका अंकितले १२२ बलमा ११ चौका र १ छक्काको सहयोगमा राष्ट्रिय एकदिवशीय करिअरको पहिलो शतक पूरा गरेका हुन्।

मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ। मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो।

प्रदेश १, मधेश र बागमती प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

डेंगीबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।

विपन्न परिवारलाई आवास हस्तान्तरण

बागमती प्रदेश सरकारद्वारा प्राप्त रु १७ लाख २० हजारबाट मध्यपुरथिमि नगरपालिको बोडे, नगदेश, चपाचो र ताहाननीमा एक एक जना अति विपन्नलाई आवासको साँचो हस्तान्तरण गरिएको हो।

विवेकशील अभियानले घोषणा गर्यो 'मिसन बागमती',चुनाव चिन्ह ‘पाइला’

विवेकशील अभियानले मिसन बागमती घोषणा गरेको छ। सशक्त प्रदेशहरू नबनेसम्म संवृद्ध देश बन्न सक्दैन भन्ने निष्कर्षसहित मिसन बागमती घोषणा गरेको अभियानले जनाएको छ।

उपमेयर डंगोलद्वारा बागमती सभ्यतालाई जाली तथा उपकरण हस्तान्तरण

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँको तर्फबाट काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौँका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गरेकी हुन्।

पत्रकार भण्डारीको विषयमा मानवअधिकार आयोगको चासो

प्रहरीले फोनबाट धम्की दिएको त्रासले घर छोडेर हिडेका र हालसम्म सम्पर्कमा नरहेकाले निजको तत्काल खोजतलास गरी परिवार समेतको शान्ति सुरक्षाको लागि आवश्यक पहल गरिपाउँ भनी उजुरी दर्ता हुन आएको छ, आयोगले जिल्ला प्रहरी कार्यालय टेकुलाई लेखेको पत्रमा भनेको छ, 'त्यस विषयमा के भएको यथार्थ विवरण उपलब्ध गराइपाउँ।’

वडास्तरबाटै समाजवाद ल्याउँछौंः मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले भने, 'बागमती प्रदेशका एक सय १९ वटा वडामा समाजवादी वडा कार्यक्रम ल्याउन लागिएको छ। शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित समुदाय रहेका वडा छनोट गरेर नयाँ कार्यक्रम बनाइने छ।' उनले आदर्शवान व्यक्तित्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको बताए।

डेंगु रोग नियन्त्रणका लागि र्‍याली

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भइ दरवारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी , तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनः दरवारस्कायरमै विसर्जन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्