४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकार भण्डारीको विषयमा मानवअधिकार आयोगको चासो

राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशले पत्रकार छाँयाचन्द्र भण्डारीलाई प्रहरीले धम्की दिएको विषयमा चासो व्यक्त गरेको छ।

पत्रकार भण्डारीलाई समाचार लेखेको भरमा प्रहरीले धम्की दिएको भन्दै कारण माग गरेको छ। गत साउन २९ मा 'पद बचाइ दिनेको सिफारिसमा आइजीपी सिंहले चुडाललाई दरवारमार्ग बृत्तको जिम्मा’ शीर्षकमा समाचार छापेका थिए।

त्यसै समाचारको विषयलाई लिएर प्रहरी वृत्त दरबारमार्गबाट फोन गरी धम्की दिएको भन्दै भण्डारीलाई घर छोड्नु परेको मानवअधिकार आयोगले पत्रमा उल्लेख गरेको छ।

प्रहरीले फोनबाट धम्की दिएको त्रासले घर छोडेर हिडेका र हालसम्म सम्पर्कमा नरहेकाले निजको तत्काल खोजतलास गरी परिवार समेतको शान्ति सुरक्षाको लागि आवश्यक पहल गरिपाउँ भनी उजुरी दर्ता हुन आएको छ, आयोगले जिल्ला प्रहरी कार्यालय टेकुलाई लेखेको पत्रमा भनेको छ, 'त्यस विषयमा के भएको यथार्थ विवरण उपलब्ध गराइपाउँ।’

प्रकाशित: २७ भाद्र २०७९ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App