५ आश्विन २०८१ शनिबार
image/svg+xml

मुख्यमन्त्रीलाई तिमिल्सिनाले भनेः संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्

राष्ट्रियसभा आफैंले संविधानको, संघियताको विरुद्धमा गएर विधेयकहरु पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए। उनले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी किन गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रश्न गरे।

संघीय सरकारविरुद्ध मुद्दा हाल्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयता विरोधी, संविधान विपरीतको सो विधेयक किन पारित गरेको? भनेर राष्ट्रियसभालाई प्रश्न समेत गरे।

संघीयतालाई सवलीकरण गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

साथै निजी, सहकारी, गैरसरकारी एवं सञ्चार क्षेत्रका प्रतिनिधिहरुले संघीयता बलियो बनाउन आचरण परिवर्तन गर्न जरुरी रहेको बताए। उनीहरुले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नपाएको र लगानीमैत्री वातावरण निर्माण हुन नसकेको बताए। निजी क्षेत्रका लागि संघीयता कागलाई बेल पाक्यो हर्ष र विष्मातसरह भएको दाबी गरे।

प्रदेश १, बागमती, र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।

महसुल नतिर्ने ६ हजार बढी ग्राहकको विद्युत लाइन काटियो

ती कार्यालयबाट विद्युत् चोरी गर्ने गत आर्थिक वर्ष ०७८/७९ मा एक सय ९४ ग्राहकलाई कारबाही गरी २१ लाख ४२ हजार ४ सय ५४ जरिवाना संकलन भएको थियो। त्यस्तै विभिन्न कारणले हुने विद्युत् चुहावट पनि अघिल्लो वर्षको तुलनामा कम भएको सो प्रदेश कार्यालयले जनाएको छ।

नयाँ पुस्तालाई जिताउनु मेरो जिम्मेवारीः पूर्वमुख्यमन्त्री पौडेल

उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए। उनले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पूस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे।

बागमती प्रदेशः एक वर्षमा सवारी दुर्घटनाबाट ४१३ जनाको मृत्य

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सवारी दुर्घटना र घाइते तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ।

बागमती नदीमा र्‍याफ्टिङ तथा सरसफाई (फोटोफिचर)

बागमती सरसफाई अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत् जल विहार गराएको हो। दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो। र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाई पनि गरिएको थियो।

देशका केही ठाँउमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ: मुख्यमन्त्री पाण्डे

बुधवार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने योजनालाई प्रभावकारी ढङगबाट अघि बढाउनुपर्ने बताइन्।

बागमती प्रदेशमा दुई अध्यादेश जारी

ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन्।

प्रदेश १ र बागमती प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

बागमती प्रदेशमा सञ्चार कानून संशोधनः सञ्चारमाध्यमका सञ्चालकलाई कैद सजाय नहुने

‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐनमा रहेका त्रुटी मध्ये केही सच्चिएका छन्। केही त्रुटी अझै छन्। संशोधित ऐनमा केही व्यवस्था नमिलेका देखिन्छन्। त्यस्ता नमिलेका विषयलाई आगामी दिनमा मिलाउँदै लैजानु पर्ने हुन्छ’ सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले भने ‘अभ्यास गर्दै जाने क्रममा ऐन नियम संशोधन गर्दै जानु पर्ने हुन्छ। अभ्यासले नै कानूनलाई परिपक्व बनाउने हो।’

हेमोफिलियाका बिरामीलाई एक करोडको औषधी

घाउ तथा चोटपटक लागेपछि रगत नरोकिने (हेमोफिलिया) बिरामीका लागि बागमती प्रदेश सरकारले एन्टी हेमोफिलिक फ्याक्टर (औषधी) हस्तान्तरण गरेको छ।

कान्ति लोकपथको देवीसाँधमा पहिरो

पहिरोले सो वडासँगै वडा नं २ माल्टा, ४ प्यूटार, ५ इकुडोल, ६ आस्राङ, ७ गिम्दी तथा सो लोकपथ भएर फापरबारी हुँदै मन्थली जाने र हेटौँडा यात्रा गर्ने सडक अवरुद्ध भइरहेको स्थानीय रमेशकुमार सञ्जेलले बताए। त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी समेत रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्