८ वैशाख २०८१ शनिबार
समाज

देशका केही ठाँउमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान  भन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहेको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै राती प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ३ भाद्र २०७९ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App