१६ चैत्र २०८० शुक्रबार
राजनीति

वडास्तरबाटै समाजवाद ल्याउँछौंः मुख्यमन्त्री पाण्डे

फाइल तस्बिर।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वडास्तरबाटै जनताको जीवनस्तरमा सुधार ल्याएर समाजवादको शुरुआत गरिने बताएका छन्।

योजना आयोग बागमती प्रदेशको मानव विकास प्रतिवेदन लोकार्पण कार्यक्रममा उनले देशमा समाजवाद ल्याउन वडास्तरमा समाजवाद स्थापना हुनुपर्ने बताए।

मुख्यमन्त्री पाण्डेले भने, 'बागमती प्रदेशका एक सय १९ वटा वडामा समाजवादी वडा कार्यक्रम ल्याउन लागिएको छ। शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित समुदाय रहेका वडा छनोट गरेर नयाँ कार्यक्रम बनाइने छ।' उनले आदर्शवान व्यक्तित्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको बताए।

सीपयुक्त जनशक्ति उत्पादन गरेर देश विकास गर्न, अर्थतन्त्र बलियो बनाउन र बाहिर सीपयुक्त जनशक्ति पठाएर धेरै रकम भित्राउन सकिने भएकाले सीप सिकाउनका लागि १५ करोडबजेट विनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा विश्वराज जोशीले मानव विकास भनेको भौतिक पूर्वाधार विकास मात्र नरहेको बताए। उनले उत्पादन र वितरणलाई विशेष ध्यान दिएर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए। मकवानपुरगढी गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रिनले गाउँमा सस्तो मूल्यमा जगा किनेर छोड्नेकाे सङ्ख्या बढेकाले पनि जमिन बाँझो भएर उत्पादनमा कमी आएको बताए।

प्रकाशित: २७ भाद्र २०७९ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App