पोखरामा पहिलोपटक यु–१९ दुईदिवसीय क्रिकेट
पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज बुधबारदेखि शुरु हुदैंछ ।
पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज बुधबारदेखि शुरु हुदैंछ ।
ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीको अविजित शतकीय साझेदारीबाट प्रदेश–१ ले सोमबार ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशमाथि १० विकेटको सानदार जित निकालेको छ।
दुईवर्षयता राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि बजेट छुट्टाएपनि फिर्ता हुदैं आएको थियो । तर अहिले परिषदले आर्थिक वर्ष सकिनै लाग्दा सम्झौता गरेको छ ।
कञ्चन श्रेष्ठको आक्रामक ब्याटिङका बावजुद ललितपुर मेयर– ११ ले शनिबारबाट सुरु भएको ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा हारबाट सुरुआत गरेको छ।
चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए।
भारतमा पुन: कोरोना भाइरसको माहामारी फैलिएको छ। सक्रिय संक्रमणका घटनाले फेरि एक पटक त्रास फैलाएको छ। यसै बीच पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकारलाई कोरोना पोजिटिभ पाइएको छ।
नेपाली खेलाडीको लगनशीलता र दृढ शक्तिका कारण नेपाललाई चाँडै आइसिसीको अंकतालिकामा अग्र स्थानमा देख्न सकिनेछ। खेलाडी प्रशिक्षणका क्रममा विराटनगर आएका नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त अनुमान गरेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार जारी गरेको खेलतालिकाअनुसार प्रधानमन्त्री कपको विजेता प्रदेश–१ ले एपिएफविरुद्ध चुनौती प्रस्तुत गर्दै चैत २१ देखि हुने मेयर कप महिला क्रिकेटको यात्रा सुरु गर्ने भएको हो। पहिलो दिन दुई खेल हुँदा दोस्रो खेलमा मेयर–११ र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
सामाजिका विकास मन्त्रालयले आवश्यक प्राविधिक जनशक्तिको अभाव जनाउँदै पोखरा–३३ पशुपतिघाटस्थित प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको टेण्डरसहितको सम्पूर्ण कामको जिम्मेवारी भौतिक मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयलाई दिएको छ ।
पोखरा विश्वविद्यालय क्रिकेट क्लबले यही चैत ९ गतेदेखि फ्रेन्चाईज लिग टी–२०क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस काठमाडौँले उपाधी जितेको छ । धनगढी स्थित संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले जित हात पार्दै ह्वाइट हाउस च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए । लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए ।
काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो।
धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा उपाधीको लागि हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुल भिड्ने भएका छन्।
घरेलु फ्रेन्चाईज प्रतिस्पर्धा होस या अन्य कुनै पनि प्रतियोगिता पर्यटनसँग जोडिन्छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्दै प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । त्यसो त गण्डकी प्रदेश सरकारले पनि क्रिकेट मैदान निर्माणमा चासो र गम्भीरता देखाएको छ ।
पोखरामा आयोजित सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट लिगको उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ ।