८ वैशाख २०८१ शनिबार
खेल

क्रिकेट मैदानमा फेन्सिङ गर्न सम्झौता

क्रिकेट मैदानको लागि छुट्टाइएको बजेट फिर्ताबाट रोकिएको छ । दुईवर्षयता राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि बजेट छुट्टाएपनि फिर्ता हुदैं आएको थियो । तर अहिले परिषदले आर्थिक वर्ष सकिनै लाग्दा सम्झौता गरेको छ ।  

परिषद्ले पोखरा रंगशाला क्रिकेट मैदानको लागि आईतबार मात्रै सम्झौता गरेको हो । परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले काठमाडौं फर्किनु अघि पोखरा विमानस्थलमै सम्झौता गरेका हुन् । सम्झौतासँगै रंगशालाभित्रको क्रिकेट मैदान संरक्षण गर्न तारजाली लगाईने छ ।  

तारजाली लगाउन २५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । बिनियोजित बजेटबाटै क्रिकेट मैदानको चारैतिर तारजाली लगाईने छ । ‘चार फिट अग्लो तारजाली लगाईने छ,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘काम सक्नुपर्ने समय थोरै छ । त्यसैले फटाफट काम गर्नुपर्ने अवस्था छ ।’  

कास्की जिल्ला खेलकुद विकास समितिका प्राविधिक अनिल अधिकारीका अनुसार इन्जियिनरिङ डिजाईन अनुसार काम अघि बढाईने छ । पुरानो अनुसार फेन्सिङ डिजाईन परिवर्तन गर्नुपर्ने देखिएको उनको भनाई थियो । ‘सेन्टर पीचबाट ८०–९० यार्डको दुरीमा तारजाली लगाउँछौं,’ उनले भने, ‘त्यसको लागि सबै सरोकारवालासँग छलफल गरेर टुग्याउँछौं ।’

प्राविधिक अधिकारीले क्रिकेट संघ तथा निर्माण उपभोक्ता समिति एवं क्युरेटरसँग छलफल गरेर मात्रै काम शुरु गरिने जनाए । क्रिकेट मैदानमा अहिले ४ वटा पीच छन् । तीन वटा पीच निर्माण गर्नुपर्ने छ । ७ वटा पीचको मध्य पीचदेखि सेन्टर मापन गरेर काम शुरु गरिने छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि दुई करोड रुपैयाँ छुट्टाएपनि टेण्डर आह्वान हुन नसक्दा बजेट फिर्ता हुन पुगेको थियो । 

प्रकाशित: २३ चैत्र २०७७ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App