१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेट लिग सोमबारदेखि

पोखरा विश्वविद्यालय क्रिकेट क्लबको आयोजनामा हुने फ्रेन्चाईज क्रिकेट लिगको बारे जानकारी दिदैं । तस्बिरः नागरिक

पोखरा विश्वविद्यालय क्रिकेट क्लबले यही चैत ९ गतेदेखि फ्रेन्चाईज लिग टी–२०क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । फ्रेन्चाईज लिगका आठ टोलीले खेलाडीहरुको अक्सन मार्फत खरिद गरेर टोली बनाईसकिएको छ ।  

सोमबारदेखि सुरु हुने पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेटको चौथो संस्करणमा आठ टोली सहभागिता जनाउने छन् । गोर्खाली ब्लाष्टर्स, पोखरा विश्वविद्यालय रिनोस, स्टील्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाईगर्स, पोखरा विश्वद्यिालय रेड वारियर्स, अन्नपूर्ण किंग्स ११ र गण्डकी स्ट्राइकर्सको सहभागिता रहेको छ । सबै टिमले खेलाडी खरिद गरिसकेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।  

पोखरा विश्वविद्यालय रिनोसले अविनाश बोहोरा तथा बिक्रम शोबलाई आफनो टिममा समावेश गरेको छ । पोखरा विश्वविद्यालय क्रिकेट क्लबका अध्यक्ष एवं क्रिकेट प्रतियोगिताका संयोजक प्रकाश खनालका अनुसार पोखरा विश्वविद्यालय रेड वारियर्सले कुशल मल्ल र विपिन खत्रीलाई समावेश गरेको छ ।  

गण्डकी वारियर्सले ईशान पाण्डे, मिथिलाञ्चल वारियर्सले अमृत गुरुङ र हरिशंकर साहलाई आफनो टिममा राखेको छ । फारवेष्ट टाईगर्सले खडक बोहोरा तथा कमलसिंह ऐरी र गोर्खाली ब्लाष्टर्समा कृष्ण कास्र्की र विपिन रावल आवद्ध रहेको छन् । चैत ९ गते उदघाटन खेल स्टील्थ सिक्सर्सले फारवेष्ट टाईगरसँग खेल्ने छ । दोस्रो खेल मिथिलाञ्चल वारियर्सले अन्नपूर्ण किंग्ससँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको संयोजक खनालले जानकारी दिए ।  

फ्रेन्चाईज क्रिकेट लिग विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेता टोलीले ७० हजार रुपैयाँ पाउने छ । म्यान अफ  दि म्याचलाई एकहजार रुपैयाँ नगद प्रदान गरिने पोखरा विश्वविद्यालय क्रिकेट क्लबले जनाएको छ । म्यान अफ दि सिरिजलाई ५ हजार रुपैयाँ, बेष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, बेष्ट बलरलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ । टिममा एक जना राष्ट्रिय खेलाडी समावेश गर्न पाउने छन् । कास्कीकै यु–२३ खेलाडीलाई समेत समावेश गर्न सक्ने आयोजक क्लबले जनाएको छ । 

प्रकाशित: ६ चैत्र २०७७ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App