४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गर्मीमा खानुस् यी खानेकुरा

गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा शरीरलाई शीतलता दिन आवश्यक हुन्छ। गर्मीमा शरीरलाई शितलता दिन विभिन्न फलफूल खान सकिन्छ।

चक्रवातको पूर्वानुमान हुन सक्थ्यो, सहकार्य पुगेन

बारा र पर्सामा आएको चक्रवातको पूर्वानुमान जनशक्ति र प्रविधिको अभावले होइन सहकार्यको अभावले नभएको हो।

त्रिपालको बास, मौसमको त्रास

चैत १७ गते साँझ आएको विनाशकारी हावाहुन्डरीले घरबारविहीन भएकाहरूले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेका बेला मेघगर्जनसहित पानी पर्न थालेको छ। चैतमा दिउँसो घामको राप सहन नसकिने हुन्छ, रातको अन्तिम पहरमा पानी परेको बखत जाडोले खुब सताउँछ। हावाहुरीले बेघर भएकाहरू यतिखेर एकैचोटि घाम र पानीको मारमा परेका छन्।

बादल देख्नासाथ तर्सिन्छन् पीडित

बारामा ज्यानमारा हावाहुरी आएको घटनापछि कतिपय बस्तीका मानिसहरू बादल लागेको देख्नासाथ तर्सिन थालेका छन्। चैत हावाहुरीकै महिना भएको र तीन दिनदेखि मौसम बिग्रिएर पानी पर्न र बादल लागेको देख्नासाथ थप बिजोग हुने भयले स्थानीय त्रसित बनेका हुन्।

टेन्टको बास र मौसमको त्रास

गत १७ गते  साँझ आएको विनाशकारी हावा हुण्डरीले घरबार बिहीन भएकाहरुले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेको बेला अकाशबाट गड्याङ्ग गुडुङ्गसंगै बेला बेलामा पानी पर्न पनि सुरु भएको छ। चैत्रको महिनामा दिउँसो घरमा राप सहन नसक्ने हुन्छ, रातको अन्तिम पहरमा वा पानी परेको बखत जाडोले सताउँछ। भनाई नै छ, ‘चैतको जाडो थेग्न नसकेकाले गाई बेंचेर कम्बल किन्छन्। घाम थेग्न नसक्नेले छाता।’ यस्तोमा घाम, पानी र हवाले सताउँदैछ, हावाहुरीबाट बेघर भएका पीडितलाई।

एक दर्जन जहाज लुक्लामै थन्किए

मौसममा आएको खराबीका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक दर्जन जहाज थन्किएका छन्। विहान डेढ सयको हाराहारीमा उडान भएको विमानस्थलमा मध्यान्नपछि मौसम प्रतिकुल भएपछि १० हेलिकप्टर  र २ वटा जहाज लुक्लामै थन्किएको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमाननाथ अधिकारीले बताए।

मौसमका कारण हावाहुरी पीडितलाई समस्या

असिना पानीका कारण हावाहुरी पीडित झन् समस्यामा परेका छन्। जिल्लाको बिभिन्न भागहरुमा पानी र असिना पर्न सुरु गरे पछि हावाहुरी पीडित सुरक्षित स्थानको लागि छिमेकीको शरण लिन बाध्य भएका छन्।

काठमाडौंमा मौसम बदली, बिहानैदेखि कालो बादल

शुक्रबारदेखि देशभरको मौसम बदली भइरहेको छ। मौसम परिवर्तनका कारण काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि अँध्यारो हुने गरि कालो बादल देखिएको छ।

आज र भोलि माैसम बदली हुने

काठमाडौंलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना छ। पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी।

फेरि मौसम बदली हुने

बिहीबारबाट  देशभरको मौसम बदली हुने जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अनुसार आगामी ३ दिन सम्म मौसम बदली रहने छ।

देशभर मौसम बदली, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान

देशका अधिकांश भुभागमा मौसम बदली हुँदा मेघ गर्जनसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गर्मी लागेसँगै सेती नदीमा र्‍याफ्टिङका लागि आउने बढे

गर्मी मौसम शुरु भएसँगै सेती नदीमा जलयात्रा र्‍याफ्टिङका लागि आउने पर्यटकको संख्यामा एकाएक वृद्धि भएको छ।

मौसम पूर्वानुमानले किन गरेन हावाहुरीको पूर्वानुमान?

महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आवश्यक जनशक्ति र प्रविधिको अभावमा यस्तो अनुमान गर्न नसकिएको हो।  ‘हामीले मेघगर्जन सहितको हावाहुरी आउँछ भनेर पूर्वानुमान गरेका त थियौं’, कँडेल भन्छिन्, ‘तर, यो जिल्लामा यति गतिको हावाहुरी आउँछ भन्नलाई हामीसँग आवश्यक जनशक्ति र प्रविधि छैन।’

काठमाडाैंमा हावाहुरीसहित वर्षा, भाेलिदेखि मौसम सफा हुने

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्