४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मौसमका कारण हावाहुरी पीडितलाई समस्या

बारा- असिना पानीका कारण हावाहुरी पीडित झन् समस्यामा परेका छन्।  जिल्लाको बिभिन्न भागहरुमा पानी र असिना पर्न सुरु गरे पछि हावाहुरी पीडित सुरक्षित स्थानको लागि छिमेकीको शरण लिन बाध्य भएका छन्।

आईतबार बेलुका आएको हावाहुरीमा २८ जनाले ज्यान गुमाएका थिए भने करिव १९ सय घरमा क्षति पुगेको थियो। क्षति पुगेको   घरका परिवारहरुलाई  तत्काल बस्नको लागि नेपाली सेनाले शुक्रबार बेलुकासम्म छ सय ५७ वटा टेन्ट निर्माण गरेको छ। टेन्टमा बस्दा पानी र हुरीको डरले त्रसित स्थानीय हुरीमा बचेका स्थानीयका घरमा शरण लिन बाध्य भएका हुन्।

हावाहुरी प्रभावित परिवारलाई राहत दिन र स्थायी बासको व्यवस्थामा खटेको सेनालाई अहिले मौसमका कारण काम गर्नमा समस्या भएको उपमहानगरपालिका १७ मा रहेका चन्दन गण गणपति कर्णेल पारस विक्रम शाहले बताए।

हावाहुरीले गर्दा कलैया उपमहानगरपालिकामा ९० वटा, फेटा गाउँपालिकामा १८५ वटा, महागढीमाई नगरपालिकामा ८६ वटा, सुर्वण गाउँपालिकामा २४० वटा परवानीपुर गाउँपालिकामा ५४८ वटा र पचरौता नगरपालिकामा १७७ वटा घरहरु क्षति भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०७५ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App