३ माघ २०८२ शनिबार
image/svg+xml

प्रतिनिधि सभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता नारायण खड्काको अनुरोध

नेपाली कांग्रेसका नेता नारायण खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस भएको आफ्नो नाम हटाउन कांग्रेस पार्टी कार्यालयलाई अनुरोध गरेका छन्।

कुशल पोखरेलको नयाँ गीत ‘फोन नगर’ सार्वजनिक

लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन्।

बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ।

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन्।

काठमाडौं १ विवाद : काठमाडौंमा राप्रपाले टिकट बाँड्न सकेन, रवीन्द्रले टिकट पाए विद्रोह हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा उम्मेदवार चयन गर्न सकेको छैन।

बेलायती प्रधानमन्त्रीको संसद्‌मा कामसूत्र जोक : ‘कामसूत्रभन्दा बढी पोजिसन’ भनेपछि विवाद

विपक्षी दलले प्रधानमन्त्रीले संसद् र जनताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्। कमेडियनहरूले पनि यसलाई ‘खराब’ र ‘पुरानो’ जोक भनेका छन्।

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर रेनु दाहाल

फराकिला र चिल्ला सडकमा रातिको समयमा पनि झलमल्लको उज्यालो छर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा गरेको सुधार उनलाई भरतपुरले बिर्सन नसक्ने बनाउने कामहरू हुन्। वर्षातको समयमा रातमा निदाउन नपाउने नारायणी तटीय क्षेत्रका बासिन्दा लाग्छ वर्षायामको रातमा पनि रेनुलाई सपनामा देख्दै निदाउने समय आएको छ।

बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटीमा मन्त्रिपरिषद्को निर्णय बाँकीः कुलमान घिसिङ

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति जुटेको बताएका छन्।

स्वर संसारका जादुगर रहेनन्, जादु कायमै

पण्डित मुरलीधर भट्टराईका ज्येष्ठ पुत्र ईश्वरवल्लभ आमाको आत्महत्यापछि र त्यसपछि बनेका अनेक कथापछि विरक्तिएर रामहरि जोशीको मलङ्वाको घरमा गुरुबा बनेर पढाउँदै थिए।

दीर्घकालीन युद्धमा फसेको रुस

रुसको तीन दिनमा किभ कब्जा गर्ने उद्घोष र आर्थिक नाकाबन्दीको माध्यमबाट रुसको अर्थतन्त्रलाई तीन महिनाभित्र डामाडोल गरिदिने युरोपको धम्की दुवै विफल भए।

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ।

दोस्रो तान्द्राङ कपको उपाधि लोकतान्त्रिक क्लबलाई

गोर्खामा भएको दोस्रो तान्द्राङ कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि लोकतान्त्रिक क्लबले जितेको छ।

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्