अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। बैठकमा सहभागी हुन शीर्ष नेताहरू ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका छन्।
पार्टीका सचिव महेश बस्नेतका अनुसार बैठकमा ओलीको पक्राउप्रति पार्टीको आधिकारिक धारणा तय गर्नुका साथै आगामी रणनीतिबारे छलफल हुनेछ । उनले आन्दोलनका कार्यक्रमसमेत तय हुन सक्ने संकेत गरेका छन् ।
ओलीको पक्राउलाई लिएर एमालेभित्र असन्तुष्टि बढिरहेको छ । नेताहरूले यसलाई राजनीतिक उद्देश्यबाट प्रेरित कदम भएको दाबी गर्दै विरोध जनाउँदै आएका छन् । बैठकपछि पार्टीले औपचारिक निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित: १४ चैत्र २०८२ ०९:४३ शनिबार





