४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अछाम पहिरोः १७ जनाको मृत्यु (अपडेट)

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ। पहिरोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।

सुदूरपश्चिम प्रदेशमा दुई राज्यमन्त्री नियुक्त

‘नेकपा एकीकृत समाजवादीको आन्तरिक सहमतिमै दुवै ठाउँमा नयाँ राज्यमन्त्री पठाइएको हो,’ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले भने, ‘चौधरीको ठाउँमा बुढाथोकीलाई र साउँदलाई फिर्ता बोलाइ उनको ठाउँमा सोडारीलाई नियुक्त गरिएको हो।’

कर्मचारीले जनअपेक्षा अनुसार काम गर्न नदिएको मुख्यमन्त्री भट्टको आरोप

‘म मेरो पाँच वर्षको अनुभवले भन्दैछु। जनताका पक्षमा काम गर्न खोज्दा अवरोध भयो, उनले भने-कर्मचारीतन्त्र परिवर्तनका लागि आवाज उठाउन जरुरी छ। हामीले थालनी गरेका छौं। अहिले नै परिणाम खोजे हतार हुनेछ, अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ।’

एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

शीर्ष दलका नेताहरुलाई एमाले प्रवेश गराउँदै ओलीले भनेः निर्वाचनमा १ सय ५० सिट जित्छौँ

‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नभयो? म्याउम्याउ म्याउ गर्नुभयो। लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन?’ ओलीले भने, ‘अलिपछि गठबन्धनको अर्को नेता जानुभो। उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन। हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो।’

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गरेका छन्।

सुदूरपश्चिम: खेलाडी छन्, खेलकुदका पूर्वाधार छैनन्

खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको सुदूरपश्चिम प्रदेशमा खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव छ।

न पानी न मलः तराईका धान खेतमा चिरैचिरा

‘यस्तै भयो भने यसपाली के गर्ने होला?,’ आकाश हेर्दै उनले भने, ‘पानी पर्ने छाँटै छैन। यही तराईमा खडेरी हुन थालिसक्यो।’ साउन र भदौ महिनामा पानी नपर्दा खेती नसप्रने बताउँदै अर्का किसान भागीराम चौधरीले भने, ‘यस्तैगरी एक हप्ताभित्र पनि पानी नपरेमा किसानलाई ठूलो धोका हुन्छ।’

देशका केही ठाँउमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चिया चौतारामा चुनावी चर्चा

चुनावको मिति तय भएसँगै धनगढीमा माहोल तातेको बताउँदै नेपाली कांग्रेस प्रदेश प्रतिनिधि धनगढीका नारायणप्रसाद सत्यालले भने,‘सुरुमा चुनावै हुन्न भन्थे, अहिले चुनावको मिति तय भएसँगै कार्यकर्तामा उत्साह जागेको छ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावै गर्दैनन् भन्ने गरेको बताउँदै उनले भने,‘चुनाव हुन्न भन्थे, चुनाव गर्नमा देउवा पछाडि हट्दैनन्।’

भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण

गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरी ६८९ को परीक्षण गरिएको हो। मंगलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा संक्रमण देखिएको हो। यस्तै कैलालीमा ११ र कञ्चनपुरमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेश: खर्च भएन साढे १० अर्ब

जनताको माग र आवश्यकताबमोजिमका योजना र कार्यक्रम ल्याउन सरकारलाई बजेट पुग्दैन। सीमित बजेटका कारण कैयौं विकासका योजना र कार्यक्रम लागु हुन नसक्ने अवस्था छ।

सुदूरपश्चिम प्रदेशः साढे १० अर्ब बजेट खर्च हुन सकेन

प्रत्येक आर्थिक वर्ष विनियोजन गरिएको पुरा बजेट खर्च गर्न नसक्ने सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को खर्च अझै कमजोर देखिएको छ। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले करिब साढे १० अर्ब बजेट खर्च गर्न सकेन।

विचौलियाको सेटिङमा बनेको भन्दै सांसदले चर्को विरोध गरेको बजेट पारित

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले असार १ गते प्रदेश सभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट माथी चार साता पछि बुधबार मात्र छलफल सुरु भयो। सांसदहरुको चर्को असन्तुष्टि रहेको बजेट बुधबार नै राती ९ बजे बहुमतले पारित गरिएको छ।

बजेटमाथि छलफल गर्नै सकस

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि अहिलेसम्म छलफल नै हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्