coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशमा दुई राज्यमन्त्री नियुक्त

राज्यमन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्ट शपथ ग्रहण गराउँदै।

सुदूरपश्चिम प्रदेश सरकारले दुई राज्यमन्त्रीलाई नियुक्त गरेको छ। शुक्रबार बेलुकी अबेला प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई जना प्रदेश सांसदलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश सभा सदस्य सुशीला बुढाथोकीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा र बलबहादुर सोडारीलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिएको छ। गठबन्धनको सरकारमा सुदूरपश्चिम प्रदेशमा दुवै मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो।

यसअघि आर्थिक मामिला राज्यमन्त्रीमा अम्मर साउँद रहेका थिए भने सामाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्रीमा कुलवीर चौधरी रहेका थिए। चौधरी केही दिनअघि नेकपा एमालेमा प्रवेश भएपछि भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री खाली थियो।

‘नेकपा एकीकृत समाजवादीको आन्तरिक सहमतिमै दुवै ठाउँमा नयाँ राज्यमन्त्री पठाइएको हो,’ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले भने, ‘चौधरीको ठाउँमा बुढाथोकीलाई र साउँदलाई फिर्ता बोलाइ उनको ठाउँमा सोडारीलाई नियुक्त गरिएको हो।’ दुवै जनाले शुक्रबार बेलुकी पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रकाशित: ३१ भाद्र २०७९ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App