१९ असार २०८१ बुधबार
image/svg+xml

झापाकाे एक हार्डवेयरमा आगलागी

झापा बुधबारेको एक हार्डवेयरमा आगलागी भएको छ। स्थानीय खेम कडरियाको घरमा रहेको हार्डवेयरमा साँझ ७ बजेदेखी आगलागी भएको हो।

झापा ५ को मतगणना सुरू

दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन्।

सिटौला र लिङ्देनको पुरानै द्वन्द्व, दुवैको भर एमाले

तीन दशकभन्दा पहिलेदेखि नै एकअर्काविरुद्ध खडा झापाका यी दुई नेता एक नदीका दुई किनाराजस्ता छन्।

चुनाव प्रचारका लागि गृहजिल्ला झापा पुगेका केपी ओली अस्वस्थ

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए।

मिल्स भेट्रानको उपाधि दमकलाई

मध्यान्तरअघि गोल रहित खेलको दुवै टोली मध्यान्तरपछि खेलको लय परिवर्तन गर्दा दुवै टोली गोल गर्न सफल भए। खेलको अन्तिम ३० सेकेण्ड बाँकी छँदा दमक २–१ गोलको स्थितिमा रहेको थियो। आफूलाई ३० सेकेण्ड समाल्न नसक्दा २–२ गोलको स्थितिमा रह्यो। निकै संघर्षका साथ टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै दमकले उपाधि जितेको हो।

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।

झापामा ठूलो वर्षा भएपछि सर्तकता अपनाउन नेपाल बाढी सूचनाको आग्रह

पछिल्लो ६ घण्टामा झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ। यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राजमार्ग नै पार्किङस्थल

मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाले हिँडडुल गर्न र सवारीसाधन चलाउनसमेत मुस्किल परेको छ।

नदी नियन्त्रण र डुबानको समाधान मुख्य चुनौती

सुनसरी र मोरङका माथिल्लो क्षेत्रमा नदी कटानको समस्या छ भने तल्लो क्षेत्रमा डुबानको । सोही कारण प्रत्येक वर्ष हजारौं स्थानीय घरबारविहीन हुने गरेका छन्। विकासनिर्माणका कामकै कारण पनि कतिपय स्थानमा समस्या देखिएको जन गुनासो छ।

झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक

झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ।

झापा–५ को अंक गणित

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्दै आएको झापा–५ मा चारवटा पालिका छन्। दमक नगरपालिका र कमल गाउँपालिको पुरै भूभाग ५ नम्बरमा पर्छ।

झापाको गौराहदमा आगलागी, १५ लाखको क्षति

झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताए। 'लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्‍यौँ' उनले भने, 'तर सुनुवाइ भएको छैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्