९ असार २०८१ आइतबार
image/svg+xml

सभापति देउवाद्वारा सहकारी विभागमा १० जना सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।

गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाउँदै छन्।

बालेन र हर्कहरूले पनि हामीलाई गिज्याइरहेका छन्ः सांसद परियार

नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताएका छन्।

महिलाविरुद्धका हिंसा अन्त्यका लागि आम नागरिक जागरुक हुन आवश्यक : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई घर पठाइदिऊँ: गगन थापा

उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे। सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको उनले बताए।

अर्थतन्त्र सुधार्न कांग्रेसको चाैधबुँदे योजना

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा चुनौती कायमै रहे पनि आर्थिक परिसूचकमा क्रमशः सुधार आएको दाबी गरेका छन्।

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन्।

पार्टी नेतृत्वलाई डा.शेखरको प्रश्न, ‘कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो?'

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।

स्काउटको जग्गा हिनामिनाको आरोप लागेका सांसद खड्काले भने: म माथि छानबिन गर्नुस्

नेपाल स्काउटको जग्गा अवैध ढंगले कब्जा गरेको आरोप लागेका नेपाली काँग्रेसका सांसद दीपक खड्काले आफैमाथि छानबिन गर्न माग गरेका छन्।

सांसद खड्काले भनेः स्काउटको जग्गाको विषयमा नियोजित ढंगले आफ्नो चरित्र हत्या गरिँदैछ

नेपाल स्काउटको जग्गा अवैध ढंगले कब्जा गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो चरित्र हत्या भएको बताएका छन्।

कर्णालीमा सरकार छाड्ने कांग्रेसको धम्की

संसद्को सबैभन्दा ठुलो दल भएर पनि तीन वटा मन्त्रालय लिएर सहभागी भएको कांग्रेस अहिले सरकारबाट बाहिरिने तयारी गर्दै छ।

केन्द्रीय समितिमा महरले भने, 'प्रतिवेदन लेखमा छलफल भएन, मेरो फरक प्रस्ताव आउछ'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् ।

‘बर्खे अधिवेशनमा पर्याप्त कानुन बनाइनुपर्छ’

प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बर्खे अधिवेशनमा आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।

संसद् बोल्ने ठाउँ मात्र भयो, कार्यान्वयन गर्ने ठाउँ हुन सकेन: राठौर

प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले संसद् बोल्ने ठाउँ मात्र भएको तर कार्यान्वयन गर्ने ठाउँ हुन नसकेकाे बताएका छन्।

‘विश्वास गर्दा धोका, भरोसा राख्दा निराशा’

अहिले आशा गरिएका युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले पदाधिकारी बनेको दुई वर्षसम्म पनि भरोसा जगाउन सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्