४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

त्रिशलापछि आशिफ शाहले पनि गरे रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिफ शाहले निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

गायिका त्रिशला गुरुङले उम्मेदवारी फिर्ता लिएपछि कलाकार शाहले पनि सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको बताएका छन्। शाहले आफू सक्रिय राजनीतिमा भन्दा पनि देश विकासको हुटहुटी भएको व्यक्तिको रूपमा चिनिन चाहेको बताएका छन्।

देश बनाउने अभियानमा आफू लागेको र सोही क्रममा साथीहरूको आग्रहमा समानुपातिक सूचीमा नाम समावेश भएको समेत बताएका छन्।

प्रकाशित: १९ पुस २०८२ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App