१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

फोहोरमैला व्यवस्थापनमा जुट्दै वडा

तारकेश्वर नगरपालिका वडा नं.१० मनमैजु फोहोर व्यवस्थापन अभियानमा जुटेका छन्। स्थानीय उपभोक्ता, टोल विकास समितिको संयुक्त प्रयासमा सो अभियानमा जुटेका हुन्।

भत्काइए ५० घरटहरा

मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत नयाँरोड–बरहथवा सडकखण्डभन्दा पश्चिमतर्फ धरहरामा आफ्नो जमिन अतिक्रमण गरेको भन्दै सागरनाथ वन विकास परियोजनाले सर्वसाधारणका ५० घरटहरा भत्काएको छ।

हचुवामा स्वास्थ्य कार्यक्रम

स्थानीय सरकारले हचुवाका भरमा स्वास्थ्य कार्यक्रम तय गरी कार्यान्वयन गर्ने गरेको पाइएको छ। जनप्रतिनिधिहरूको कार्यशैलीले स्वास्थ्य क्षेत्रमा कमजोरीहरू देखापर्न थालेका छन्।

कृषकलाई स्याउ पोस्ट हार्भेस्ट तालिम

सोलुखुम्बुका कृषक तथा प्राविधिकलाई स्याउ बालीमा पोस्ट हार्भेस्ट व्यवस्थापन तालिम दिइएको छ। बागवानी अनुसन्धान महाशाखा खुमलटारको आयोजनामा फाप्लुमा उक्त तालिम प्रदान गरिएको हो। तालिममा जिल्लामा स्याउ खेतीमा संलग्न कृषक तथा विभिन्न क्षेत्रमा परिचालित कृषक सहभागी थिए।

कामपाले अल्पकालीन ल्यान्डफिल साइट नबनाउने

काठमाडौं महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइट निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल सुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहाेर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो।

‘भूमि व्यवस्थापनको तयारीमा सरकार, अब सबैले जग्गा पाउने’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको जानकारी दिएकी छिन्। रिपोर्टर्स क्लबद्वारा शुक्रवार आयोजित साक्षात्कारमा मन्त्री अर्यालले कानुन निर्माण नभएसम्म भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिने बताउँदै संसदको हिउँदे अधिवेशन सुरु हुनासाथ ऐनहरु पारित गरिने स्पष्ट पारिन।

पुसभित्र कर्मचारी व्यवस्थापन हुन्छ : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गरिसक्ने जनाएको छ।

विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीरः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन्।

संघीय शिक्षा ऐन नबन्दा अन्योल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन कार्यन्वयनमा ल्याउन नसक्दा विद्यालयको प्रवेश परीक्षा र बजेट व्यवस्थापनमा अन्यौल भएको छ।

विपद् व्यवस्थापन आकस्मिक कोष बनाउने तयारी

प्रदेश नम्बर ५ को शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ। भैपरी आउने तथा  विपद व्यवस्थापनका लागि सरकारले आकस्मिक कोष बनाउने तयारी गर्दै त्यस सम्बन्धि विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।

निस्किएन सिसडोलको विकल्प

उपत्यकाभरिको फोहर फाल्ने ठाउँ सिसडोल भरिएपछि यसको विकल्प खोज्न गत साउन १८ गते काठमाडौं महानगरपालिकाको कार्यालयमा उपत्यकाका १८ नगरपालिकाका जनप्रतिनिधि सहितको बैठक बस्यो ।

१३ राष्ट्रको संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको संयुक्त आयोजनामा सञ्चालन भएको विपद् व्यवस्थापन तथा अनुभव आदान प्रदानसम्बन्धी चार दिने चौथो अभ्यास सम्पन्न भएको छ। विभिन्न मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय, विभाग, रेडक्रसलगायत विपद् व्यवस्थापनमा कार्यरत सङ्घ, संस्थाका ३०२ को सहभागितामा प्राकृतिक विपद्मा छोटो समयभित्र गरिने उद्धार कार्यको अभ्यास गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सर्वोच्चको प्रश्न, उपत्यकामा फोहोर किन?

सर्वोच्च अदालतले काठमाडौंमा फोहोरमैला व्यवस्थापन गर्न नसक्दा वातावरण दूषित भई महामारी फैलिनसक्ने भन्ने विषयमा परेको रिटमाथि सुनुवाई गर्दै सम्बन्धित सरकारी निकायसँग कारण माग्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।

मापदण्ड पूरा नगर्ने क्रसर उद्योग खारेज गरिने

प्रदेश ५ सरकारले बाह्रै महिना हुने नदीजन्य पदार्थको दोहोन रोक्ने व्यवस्थासहितको नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण गरेको छ। आइतबारको मन्त्री परिषद् बैठकले सो कार्यविधि पारित गरेको हो।

फोहोर व्यवस्थापन माग गर्दै सर्बोच्चमा रिट

उपत्यकाको उचित फोहोर व्यवस्थापन नभएको भन्दै आज सर्बोच्च अदालतमा रिट दायर गरिएको छ। एफोर्टल्याब नामक सस्थाको तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठले दायर गरेको रिटमा फोहोर व्यवस्थापनको अख्तियारी पाएका सरकारी निकायका विरुद्ध परमादेश जारी गर्न माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्