१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मेचीको ‘लाइफ लाइन’ जोखिमपूर्ण

मेची क्षेत्रको ‘लाइफ लाइन मेची राजमार्गको इलाम–गोलाखर्क भन्ज्याङ खण्ड क्षतिग्रस्त हुँदा दुर्घटनाको जोखिम बढेको छ। माथिबाट पहिरो झरेर र सडक धस्सिएर कतिबेला दुर्घटना होला भन्ने त्रासमा सवारीसाधन गुडिरहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण

विपदको समयमा प्रयोग हुने २९ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी एंवम समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकाललाई २ लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।

सिद्धार्थ इन्स्योरेन्सको सिइओमा वैदवार

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विरेन्द्र वैदवार पुनः नियुक्त भएका छन्। कम्पनीले वैदवार क्षेत्रीलाई चार वर्षको लागि नियुक्त गरेको हो।

वर्षेनी डुबानमा कपन

ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन्।

मेवा खोला जलविद्युत आयोजनाः वित्तीय व्यवस्थापनका लागि हस्ताक्षर

ताप्लेजुङ्गको मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा प्रवर्द्धक रहेको सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाईमा सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ।

दिगो वन व्यवस्थापनको मापदण्ड के ?

कुनै बेला हरियो वनलाई नेपालको धन भन्ने गरिन्थ्यो। वनलाई सित्तैमा पाएको धन मानेर विनाश गरेका कारण २०४५ सालसम्म आइपुग्दा नेपालका तराई, पहाडका अधिकांश वन नांगो भइसकेको अवस्था थियो। त्यस अवस्थामा समुदाय आफैँ जागरुक भएर वन जोगाउने काम सुरु गरेपछि वनको विनाश कम हुँदै जान थाल्यो। समुदाय जागरुक भए वनको विनाश रोक्न सकिने रहेछ भन्ने प्रमाणित भएपछि सामुदायिक वन उपभोक्ता समितिहरू धमाधम गठन हुँदै जान थाले।

सम्बन्धमा आउने द्वन्द्वको व्यवस्थापन

आपसमा झगडै नहुने जोडी भन्दा व्यवस्थापन गर्न सके सानोसानो विवाद परिरहने जोइपोइको सम्बन्ध गाढा हुने गरेको छ।

प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा

मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडो पेस्टलगायतका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छापो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराइएको हो।

दिगो वन व्यवस्थापनको मापदण्ड के?

नेपालको कुल भूभाग मध्ये ४४.७४ प्रतिशत भूक्षेत्र वनले ओगेटेको छ। त्यस मध्ये एक तिहाई अर्थात २३ लाख ९० हजार हेक्टर वन समुदायको प्रत्यक्ष निगरानीमा रहेको छ। यसबाट देशभरिका २९ लाख घरधुरीले प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन्। नेपालको वन क्षेत्रमा सामुदायिक वनको कति ठूलो महत्व रहेको छ भन्ने कुरा यसबाट थाहा हुन्छ।

विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

चितवनको कुरिनटारमा नवनिर्मित विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन समाहरोलाई सम्बोधन गर्दै उनले बाढीपहिरो तथा अन्य बिपत्तिको समयमा विभिन्न समस्याका बावजुद सशस्त्र प्रहरी कर्मचारीहरूले महत्वपूर्ण योगदानको प्रशंसा पुर्‍याएको बताए।

व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।

कोरोना व्यवस्थापन: कर्णालीको आँखी-झ्यालबाट हेर्दा

भ्याक्सिन उपलब्धतामा कठिनाई, कमजोर स्वास्थ्य प्रणाली, भारत र चीन जस्ता विशाल देशहरुको सामिप्यता र विदेशीएका अनगिन्ती दाजुभाई। यी र अरु कारणहरुले निश्चयनै हाम्रो देश कोरोना र यस्तै अरु संक्रामक रोगहरूको अनगिन्ति लहरहरुको लागि उच्च जोखिममा छ। यही प्रसंङ्गमा रहेर हामीले गरेका राम्रा तथा नराम्रा कामहरुको विश्लेषण गर्ने कोशिष गरिएको छ।

अब स्मार्ट लकडाउन गर्ने, हवाइ उडान पुनः संचालन हुने

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले असार दोस्रो साताबाट स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ।

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।

संक्रमित व्यवस्थापनमा जुम्लाको तातोपानी अब्बल

कोरोना संक्रमितको व्यवस्थापनमा जुम्लाको गाँउपालिका अब्बल देखिएको छ। जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिका मध्ये तातोपानी संक्रमित व्यवस्थापनमा अब्बल देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्