१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्वारमा उच्च मनोवलका साथ जुट्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्। चितवनको कुरिनटारमा नवनिर्मित विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन समाहरोलाई सम्बोधन गर्दै उनले बाढीपहिरो तथा अन्य बिपत्तिको समयमा विभिन्न समस्याका बावजुद सशस्त्र प्रहरी कर्मचारीहरूले महत्वपूर्ण योगदानको प्रशंसा पुर्‍याएको बताए।  

विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको निर्माणले विपद् व्यवस्थापनको क्षेत्रमा सम्पादन गरेका कार्यको अभिलेखिकरण गर्न सहज हुने महानिरीक्षक खनालको भनाइ छ। विपद् व्यवस्थापन गर्दा आफूहरूले प्रयोगमा ल्याएका विभिन्न उपकरणबारे जान्न, बुझ्न र ज्ञान हासिल गर्न चाहने सबैका लागि आगामी दिनमा यसले विशेष सहयोग पुग्ने उनको विश्वास छ।  

नवनिर्मित भवनमा सशस्त्र प्रहरी कर्मचारी परिचालित भएका विभिन्न विपद्जन्य घटनामा प्रयोग गरिने उपकरणहरूको विस्तृत विवरणसहितको भण्डारण, जानकारी तथा प्रदर्शनी गरिने छ। साथै विभिन्न उद्वारका घटनाहरूको श्रब्यदृष्यसहितको विस्तृत अभिलेख राखिने बताइएको छ। विपद् व्यवस्थापन तथा उद्धारको क्षेत्रका लागि नेपालमा यो नयाँ संरचना भएको सशस्त्र प्रहरीको दाबी छ।  

भौगोलिक बनावट, जैविक विविधता तथा जलवायु परिवर्तनका कारण समग्र प्रकोपको दृष्टिले नेपाल जोखिमपूर्ण अवस्थामा रहेको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए। नवनिर्मित शिक्षालयले विपद् प्रकोपका घटनाहरूबाट हुने धनजनको क्षति न्यूनिकरणका लागी आफूहरूले अबलम्बन गरेका अल्पकालिन तथा दीर्घकालिन नीति अनुसार देशको विभिन्न ठाउँमा हुनसक्ने विपद्का घटनामा शिघ्र एवं प्रभावकारी उद्वारको लागि दक्ष जनशक्ति उत्पादन एवं परिचालनमा महŒवपूर्ण योगदान पु¥याउने उनको विश्वास छ।  

कार्यक्रममा महानिरीक्षक खनालले निरन्तर कार्यक्षेत्रमा चौविसै घन्टा खटिने सुरक्षाकर्मीको योगदान सराहनिय रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी बल, नेपाललाई अझै आधुनिक स्रोतसाधन सम्पन्न बनाउन आफूहरू सधैं कृयाशिल रहँदै आएको बताए। कोभिड–१९ महामारी नियन्त्रणमा देशभर सशस्त्र प्रहरीको परिचालन तथा भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।  

भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थालाई प्रशंसापत्रले सम्मान समेत गरिएको थियो। सोही अवसरमा महानिरीक्षक खनालले शिक्षालय परिषरमा नवनिर्मित सरस्वती मन्दिर र विश्वकर्मा मन्दिरको समेत उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपती डिआईजी मन्दिप श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ असार २०७८ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App