coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिद्धार्थ इन्स्योरेन्सको सिइओमा वैदवार

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विरेन्द्र वैदवार पुनः नियुक्त भएका छन्। कम्पनीले वैदवार क्षेत्रीलाई चार वर्षको लागि नियुक्त गरेको हो।

उक्त कम्पनीमा वरिष्ठ प्रबन्धकबाट सेवा सुरु गरी कायम मुकायम प्रमुख कार्यकारी हुँदै चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी पूरा गरेका उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरी भारतीय बिमा संस्थानबाट एफआइआइआई उपाधी हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिको रूपमा परिचित छन्।  

प्रकाशित: ४ भाद्र २०७८ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App