१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

गोला प्रक्रियाबाट पेसी व्यवस्थापन प्रतिवेदन प्रधानन्यायाधीशसमक्ष पेस

सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न बनेको समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष प्रतिवेदन पेस गरेको छ। न्यायाधीश मीरा खड्काको संयोजकत्वमा बनेको उक्त अध्ययन समितिले प्रधानन्यायाधीश राणालाई प्रतिवेदन पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

उद्योग व्यवस्थापन नियमावलीमा छलफल

प्रतिकूल सरकारी नीति, प्रक्रियागत अड्चन र दण्डमुखी कानुनी व्यवस्थाका कारण औद्योगिक वातावरण भएन भन्ने उद्योगीको गुनासो हटाउने गरी प्रदेश २ मा नयाँ कानुन लागू गर्न लागिएको प्रदेश सरकारको दाबी छ।

प्रदेश २ मा उद्योग विकास हुने कानून

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदीले ‘प्रदेश उद्योग व्यवस्थापन नियमावली, २०७८’ को प्रारम्भिक मस्यौदामाथि शनिबार वीरगन्जमा निजी क्षेका सरोकारवालाहरुसँग छलफल गर्दै यस्तो बताए।

चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँडले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन्।

बञ्चरेडाँडामा तत्काल फोहाेर व्यवस्थापन नहुने

सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ।

एक सातामा २६ अर्ब रूपैयाँले बढ्यो निक्षेप

वित्तीय संस्थामा तरलता अभाव हुन लागेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।

युवा सत्ता सोपान

आगामी निर्वाचनमा मतदाताले आफैं ६० वर्ष मुनिका सक्रिय व्यक्तिलाई मात्र मतदान गर्ने परिपाटी बसाउने हो भने यसले हाम्रो लोकतन्त्रलाई सकारात्मक प्रभाव पार्न सक्ने अवस्था आउँछ। अतः दलहरूलाई युवा नेतृत्व र निर्वाचनमा पनि युवा उम्मेदवार उठाउन बाध्य पार्नु अहिलेको आवश्यकता हो। नेतृत्व हस्तान्तरणको जबर्जस्त परिपाटी सिर्जना नगरी लोकतन्त्र फस्टाउँदैन।

'कर्मचारी व्यवस्थापनमा केन्द्रीय निकायको अभिभावकीय भूमिका खोइ?'

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन्।

नियन्त्रणमै आएन कोरोना संक्रमण: भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा बढेको कोरोना भाइरस(कोभि-१९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ।

नेपालगन्जका चोकचोकमा ट्राफिक

सदरलाइन, त्रिभुवनचोक, सेतुबिक चोक, धम्बोझी, पुष्पलाल चौकलगायतका चोकमा ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाइ गरेको छ।

इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप

इन्द्रजात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ। काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो।

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ।दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तयार भयो बञ्चरे डाँडा: फोहाेर व्यवस्थापनबारे अझै अन्योल

कामपासँग समन्वय गरी फोहर व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल निर्णय गर्न मन्त्रालयले विभागलाई निर्देशन दिइसकेकाले केही दिनमा कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर बञ्चरेडाँडा पुग्ने बताइएको छ। तत्काल फोहर व्यवस्थापन स्थल निर्माणको काम सकिएको भए पनि दोस्रो सेल निर्माण र अन्य काम भइरहेको मन्त्रालयले जनाएको छ।

दुई हप्तापछि फोहर उठ्न सुरु

नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्