१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गोला प्रक्रियाबाट पेसी व्यवस्थापन प्रतिवेदन प्रधानन्यायाधीशसमक्ष पेस

सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न बनेको समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष प्रतिवेदन पेस गरेको छ। न्यायाधीश मीरा खड्काको संयोजकत्वमा बनेको उक्त अध्ययन समितिले प्रधानन्यायाधीश राणालाई प्रतिवेदन पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

“यो सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको हो, यही असोज १ गते समितिले प्रतिवेदन बुझाएको छ,” प्रवक्ता दाहालले भने, “अब यो पूर्ण बैठकमा पेस भएर पास भएपछि सर्वोच्च अदालत नियमावली बन्नुपर्‍यो, प्रक्रिया सुरु भयो तर अरू धेरै काम चाहिँ बाँकी छ।”

सर्वोच्च अदालतको गत २४ साउनमा पूर्ण बैठकले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्नेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न न्यायाधीश खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिका सदस्यमा न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी रहेका थिए।समितिको सदस्य–सचिवमा सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थी रहेका छन्।

प्रकाशित: ११ आश्विन २०७८ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App