३ असार २०८१ सोमबार
image/svg+xml

अझै खुलेन कालीगण्डकी करिडोर

भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

सुरुङमार्ग बनेको तीन वर्षसम्म हेडवर्क्स बनेन

सरकारले ९ अर्ब ९२ करोड रूपैयाँ खर्चेर तीनवर्ष अगावै भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको १२.२० किलोमिटर सुरुङ तयार गर्‍यो।

कालोपत्र गरिएको महिना दिनमै उक्कियो

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ।

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

कोसी करिडोर निर्माण धिमा गतिमा

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर–दक्षिण (कोसी करिडोर) लोकमार्गको अझै सात किलोमिटर ट्र्याक छिचोल्नै बाँकी रहेको छ।

लोकमार्गको काम अलपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ अक्षते-घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ।

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ। विदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो।

कर्णाली र कोसी कोरिडोरको ट्रयाक खन्ने काम अझै सकिएन

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तरदक्षिण लोकमार्ग अन्तर्गतका कर्णाली कोरिडोर र कोसी कोरिडोरको ट्रयाक खन्ने कामले गति लिन सकेको छैन।

राष्ट्रिय गौरवको आयोजना: गोरखा खण्डको ठेक्का पनि अधुरै, हिलो धुलोले सास्ती

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा २०७१ सालदेखि सुरु भएको काम २०७९ असार मसान्तसम्म ८० प्रतिशत मात्रै पूरा भएको छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुल्दै

आजदेखि परीक्षणका लागि एक सातासम्म यान्त्रिक उडान हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी बुद्ध पूर्णिमाको दिन (२०७९ जेठ २) देखि व्यावसायिक उडान।

सोमबारदेखि बल्ने भयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीले भाेलि उद्घाटन गर्ने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

कालीगण्डकी करिडोरः काम छाडेर व्यवसायी सम्पर्कविहीन

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ। काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन।

लकडाउन प्रभावः गौरवको आयोजनाको काम प्रभावित

कोभिड –१९पछि जारी लकडाउनका कारण राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको चार अर्ब बढीको काम प्रभावित बनेको छ। लकडाउनका कारण एक महिना ठप्प भएको आयोजनाको काम संघीय सरकारले गौरवका आयोजनाको काम नरोक्न दिएको निर्देशनसँगै सुचारु भएको थियो।

सामाजिक क्षेत्रको बजेट राष्ट्रिय गौरवको आयोजना बन्न सक्छः महिलामन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण सामाजिक क्षेत्रमा बजेट सीमित भए पनि त्यसक्षेत्रमा राष्ट्रिय गौरवको आयोजना हुन सक्ने विश्वास गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्