५ आश्विन २०८१ शनिबार
image/svg+xml

क्याङरुङ गाउँ पहिराेकाे उच्च जोखिममा

लगातारको वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराेले उच्च जोखिममा परेको छ।

६ दिनदेखिको वर्षाले चार हजार नागरिक विस्थापित

अविरल वर्षाका कारण बाँकेमा करिब चार हजार सर्वसाधारण विस्थापित भएका छन्। पाँच दिनसम्म लगातार परेको वर्षाले बाँकेमा बाढी तथा डुबान समस्या निम्तिएको छ।

वर्षाले बिथोल्दा पर्यटन क्षेत्रलाई नोक्सान

कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रले यो दसैंको बेला आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा राखेको थियो। मुख्य पर्यटकीय सिजनमा पनि विदेशी पाहुना नपाएको पर्यटन क्षेत्र दसैंको लामो बिदामा आन्तरिक पाहुनाको पर्खाइमा थियो। तर, लगातारको झरिले गर्दा पाहुनाको हिडडुल रोकिँदा त्यसको मार पर्यटन क्षेत्रले भोग्नुपरेको छ।

बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति

चार दिनदेखिको अविरल वर्षाले टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जानेआउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लास्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जानेआउने गरेका छन्।

पश्चिम तराईमा अविरल वर्षाका कारण जनजीवन प्रभावित

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो।

अविरल वर्षाः बाढी र डुबानको जोखिम

सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम देखिएको छ।

पहिरोका कारण कर्णालीका सडक अवरुद्ध

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भेरी करिडोर अन्र्तगत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ को पोखरे, कुरिले र जुम्लीभीरमा पहिरो गएको छ। यस्तै जाजरकोटको शिवालय गाउँपालिका–१ र भेरी नगरपालिका–१३ मा पहिरो गएको छ।

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ।

पूर्वमा हल्का र पश्चिममा भारी वर्षा

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्