coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वालिङ-जगत सडकखण्ड अवरुद्ध

स्याङ्जाको वालिङ-जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ। वालिङ नगरपालिका-६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ-५ झर्ल्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो।

गएराति ९ बजेतिर सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ-५ का वडाध्यक्ष छविलाल आलेले बताए।

अविरल वर्षाका कारण ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुईतीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रु बीच बाटोमै रोकिएका छन्। दशैं बिदाका बेला अपरेटर टीका थाप्न घरघरमा रहेको हुँदा केही ढिला भएको छ। अपरेटरलाई खबर गरिएको र उनीहरू बिहानै आइसकेकाले जतिसक्दो छिटो अवरुद्ध सडक खुलाउन प्रयास गरिने उनको भनाइ थियो।

अरू बेलामा पनि सवारीसाधनको चाप बढी हुने यस सडकमा दशैंको बेला झनै बढी चाप हुने गर्छ। अवरुद्ध बाटो खुलाउन कम्तीमा पनि चारपाँच घण्टा लाग्नसक्ने वडाध्यक्ष आलेले बताए। मंगलबार रातिदेखि अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ। रासस

प्रकाशित: २१ आश्विन २०७९ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App