coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वालिङका पाँच घर पहिरोको जोखिममा

अविरल वर्षासँगै पहिरो खस्दा वालिङका पाँच घर जोखिममा परेका छन्। स्याङ्जाको वालिङ-१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ। स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, इन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले बताए।

घरमुनिबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरूलाई छिमेकीकोमा सारिएको उनले बताए। पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ।

प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरू जोखिममा परेका हुन्।

प्रकाशित: २१ आश्विन २०७९ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App