८ वैशाख २०८१ शनिबार
समाज

करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

फाइल तस्बिर।

अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।

तीन दिनदेखिको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ। पहिराकै कारण बागलुङ बजार-बलेवा-कुस्मिशेरा, टाकुरी-अदुवाबारी लगायत सडक अवरुद्ध भएको हो। कतिपय स्थानका सडक भासिएको छ। राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँठाउँमा पहिरो खसेको छ। खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्ग समेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका-३ का वेद छन्त्यालले बताए।

अवरुद्ध सडकका कारण आफन्तकोमा दशैंका टीका लगाउन जाने समस्यामा परेका छन्। सवारी साधन नचल्दा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन्। जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ। स्थानीय सडक अवरुद्ध हुँदा किसानले तरकारी, दूध लगायत उत्पादन बजार पुर्‍याउन नपाएको गुनासो गरे। रासस

प्रकाशित: २० आश्विन २०७९ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App