४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

परिसंघको अध्यक्षमा पवन सारडा

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी पवनकुमार सारडा निर्विरोध निर्वाचित भएका छन्।नवनिर्वाचित अध्यक्ष सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष हुन्।

कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते

कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेलाई आह्वान गरिएको छ।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन्।

एमाले कोशी प्रदेश कमिटीको अधिवेशन आजबाट सुरु हुँदै

नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ।

शुक्रबार कोशी प्रदेशमा उराउ जातिलाई सार्वजनिक विदा

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले असोज १२ गते कर्मधर्म पर्वका अवसरमा कोशी प्रदेशमा उराउ तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ।

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन्।

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। कार्कीले ४ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

गृहमन्त्रीको उपस्थितिमा कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल जारी

कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सुरु भएको छ।

आज कोशी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

खाली सिलिण्डर भेटिएपछि ‘कोशी ग्यास’ लाई २ लाख जरिवाना

विराटनगरका एक उपभोक्ताले खरिद गरेको सिल प्याक कोशी ग्यासको सिलिण्डरमा ग्यास नभएको पाइएपछि उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो।

कोशीमा काँग्रेस संसदीय दलका नेता फेर्न कसरत सुरू

महिनै पिच्छे सरकार परिवर्तन भइरहने क्रमले राजनीतिक अस्थिरता निम्त्याइरहेको कोशी प्रदेशमा काँग्रेस संसदील दलको नेता परिवर्तनको प्रयास सुरू भएको छ।

कोशी नाम सच्याउन माग गर्दै र्याली र विरोध सभा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले र्याली र विरोध सभा गरेको छ।

विराटनगरका विभिन्न स्थानमा सोमबारदेखि निषेधाज्ञा

विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।

कोशी प्रदेश सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश जारी

पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बसेको पहिलो बैठकबाटै निर्णय गराएर बजेटसम्बन्धी अध्यादेश ल्याएका हुन्।

कोशीको सरकारलाई राप्रपाको समर्थन छैनः लिङ्देन

लिङ्देनले राप्रपाको तटस्थ बस्ने नीति रहेको र कोशीमा नव गठीत सरकारलाई समर्थन नरहेको स्पष्ट पारे। लिङ्देनले संघीय व्यवस्था आफूहरूको एजेण्डा नै नभएका कारण यसलाई जोगाउनुपर्ने आबश्यकता नरहेको धारणा राखे

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्