२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गृहमन्त्रीको उपस्थितिमा कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल जारी

कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु भएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि सहभागी छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवका अनुसार बैठकमा पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका  विषयमा छलफल हुनेछ ।  

उनले यस विषयमा गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितले बैठकमा ब्रिफिङ लिने पनि बताए।

छलफलमा इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्थाबारेमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू समक्ष ब्रिफिङ गर्ने कार्यतालिका रहेको प्रजिअ यादवले बताए।  

प्रकाशित: ८ आश्विन २०८० ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App