४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। कार्कीले ४ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

मुख्यमन्त्री कार्कीका अनुसार कोशी प्रदेमा बाँकी रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने विषयमा छलफल भइरहेको छ। कार्कीले भने, ‘चारजना मन्त्री नियुक्त गर्ने विषयमा छलफल भइरहेको छ । आजै मन्त्री नियुक्त हुने संभावना छ।’ कार्कीका अनुसार बुद्धिकुमार राजभण्डारी, लिलाबल्लभ अधिकारी, रामप्रसाद मेहेता  र निरन राईलाई मन्त्री नियुक्त गर्ने विषयमा छलफल भइरहेको छ। आजै मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिपरिषद् विस्तार  र सपथ ग्रहण पनि हुने कार्कीले बताए।

कार्कीका अनुसार मन्त्रिलाई जिम्मेवारी तोक्ने विषयमा छलफल भइरहेको र टुंगिन बाँकी रहेको छ। यसअघि मुख्यमन्त्री कार्कीले भदौ २२ गते एक राज्य मन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेको थिए। जसमा तिलकुमार मेन्याङ्बोलाई  खानेपानी सिंचाइ तथा उर्जा र  स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई  वन वातावरण तथा पर्यटन मन्त्रालय, उद्योग भुमि ब्यवस्था तथा कृषी मन्त्रालय र एकराज कार्कीलाइ  भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए। यस्तै  सृजना राईलाई  सामाजिक विकास राज्यमन्त्रीको  जिम्मेवारी दिएका थिए।

सर्वोच्च अदालतले तत्कालिन मुख्यमन्त्री उद्वव थापालाई बरखास्त गरी नेकपा एमालेको संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्रीमा नियुक्ती गर्न बिहीबार परमादेश दिएको थियो। अदालतको परमादेश अनुसार भदौ २२ गते प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित: ८ आश्विन २०८० ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App