२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

परिसंघको अध्यक्षमा पवन सारडा

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी पवनकुमार सारडा निर्विरोध निर्वाचित भएका छन्।नवनिर्वाचित अध्यक्ष सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष हुन्। 

आज भएको साधारण सभाबाट नयाँ कार्य समितिका पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्।समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा चयन भएका छन्।उनी पनि मोरङ व्यापार संघका पूर्व अध्यक्ष हुन्।उपाध्यक्षमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल र गिरिजा सारडा चयन भए।

घनश्याम काबरा, रमेश राठी र ग्रिस लुनिया मानार्थ उपाध्यक्षमा चयन भएका हुन्।समितिको कोषाध्यक्षमा साकेत राठी चयन भए।

त्यसैगरी समितिको सदस्यमा राजेन्द्र राठी, बेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठीलाई चयन भए।नेपाल परिसंघ कोशीका निवर्तमान अध्यक्ष भीम घिमिरे परिसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि साधारण सभा गरेर नयाँ कार्य समिति गठन गरिएको हो।नवनिर्वाचित अध्यक्ष सारडालाई निवर्तमान अध्यक्ष घिमिरेले पद हस्तान्तरण गरे।

त्यसैगरी परिसंघ कोशीको प्रमुख सल्लाहकारमा मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजु, सल्लाहकारमा वासुदेव गोल्यान, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल अग्रवाल र श्रीनिवास सारडा चयन भएका छन् ।

समितिको मानार्थ सदस्यमा राजन भगत, रिता ढकाल, महेश पौडेल, अनुप सिग्देल, सञ्जीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठी चयन भएका हुन्।

प्रकाशित: १२ आश्विन २०८० १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App