युवराजको ‘पुनरागमन’ शंकरलाई तगारो
विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक समूहले अकोलाई कारबाही गर्ने शृंखला बढ्दो छ । यसैक्रममा दाहाल–नेपाल समूहको निसानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परे । उनलाई नेकपाको लुम्बिनी प्रदेश इन्चार्जबाट मुक्त गरेको यो समूहले युवराज ज्ञवालीलाई ल्यायो ।