२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

महाराजगंज नगरपालिकाको भलवारीमा बर्थिङ सेन्टर

कपिलवस्तुको महाराजगंज नगरपालिका–६ भलवारीमा बर्थिङ सेन्टर संचालन गरिएको छ। नगरपालिकामा संचालन भएको यो पाँचौ बर्थिङ सेन्टर हो। यसअघि सिसवा, कुशाहवा, हदौना र महाराजगंजमा बर्थिँङ सेन्टर संचालन भई सकेका छन्। मेयर अब्दुल कलाम खाले बर्थिङ सेन्टरको उद्घाटन गर्दै यसको संचालनले ४ वडाका २५ गाउँमा रहेका गर्भवती महिला लाभांवित हुने बताए।  

उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। ‘हामीले स्वास्थ्य सेवालाई बिशेष प्राथमिकतामा राखेको छौ, हेरक वडामा बर्थिङ सेन्टर संचालन गर्ने लक्ष्य छ’ उनले भने। बर्थिङ सेन्टर संचालनका लागि नगरपालिकाले भवन निर्माण समेत गरेको छ। लुम्बिनी प्रदेश सरकारले समेत केही सहयोग गरेको नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम कलवारले बताए।  

बर्थिङ सेन्टरका ७ जना कर्मचारीहरु छन्। कार्यक्रममा नगर उपप्रमुख शोभावति कुर्मी वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: १२ मंसिर २०७७ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App