८ मंसिर २०८१ शनिबार
image/svg+xml

उभियो भक्तपुरको बिस्का जात्राको लिंगो

आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण ५५ हात लामा लिंगो उठाउने कार्य बिहीबार राति सम्पन्न भएको छ। प्रत्येक वर्षजस्तै भक्तपुर नगरपालिका–५ स्थित ल्योसिंखेलमा ५५ हात लामो लिंगो राति पौने आठ बजे उभ्याइएको थियो। साँझ पाँच बजेदेखि सयौं युवाको सक्रियताले लिंगो उठाउन सफल भएको थियो।

थिमिमा हात नभएको लिङ्गो उठाइयो

आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन्।

भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्व मध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो।

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्‍याली आयोजना गरिएको छ।

बिस्काः जात्रा : सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।

‘विस्का जात्रा’ लाई शान्तिपूर्ण बनाउन जिम्मेवारी बाँडफाँड

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार नगरपालिकामा बसेको बैठकमा जिम्मेवारी बाँडफाँड गरिएको हो।

खोकनामा सिकाली जात्राको रमझम

जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन्।

भक्तपुरका सांस्कृतिक गुरुहरू सम्मानित

परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरुमा महिलाहरुको उत्साहजनक सहभागीता बढ्दै गएको बताउँदै उनले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय भएको भन्दै प्रशंशा गरे।

पुलुकिसी जात्रा हेर्न हजारौंको भीड

नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ। तर हिजोआज उत्श्रृंखल युवाहरु त्यही सुँड समातेरै पुलुकिसीसँंगै हिड्छन्। नगर परिक्रमा गराउने क्रममा सूर्यमढीको तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ।

इन्द्रजात्रा हेर्न जाने दर्शकका लागि खुलामञ्चमा पार्किङको व्यवस्था

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज साँझ काठमााडौंको बसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने छन्।

भक्तपुरको एकैठाउँबाट तीनवटा मूर्ति चोरी

प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वैशाख ३ गते ठूलो मेला लाग्दछ। भक्तपुरको आदर्श भेलुखेलस्थित एउटा मन्दिरबाट तीनवटा मूर्ति चोरी भएका छन्।

बाइरोडको बाटोमा: विकल्पको बाटो

सर्वसाधारणले हनुमानढोकामा प्रकट गरेको ‘बालेन...बालेन’ भन्ने समवेत स्वर राजनीतिक परिवर्तनका निम्ति हो। दलहरूले आगामी निर्वाचनका निम्ति यस्तै प्रभावशाली उम्मेदवार नदिने हो भने परिणाम सुखद आउने छैन।

आज राति मध्यपुरथिमिमा मनाइँदै 'जिब्रो छेड्ने जात्रा'

आज राति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्ने भएपछि यसको सबै तयारी पूरा गरेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउँछन् । धेरै वर्षसम्म अर्थाभावका कारण पटक–पटक रोकिँदै आएको यो जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनःसञ्चालनमा ल्याएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्