११ मंसिर २०८१ मंगलबार
image/svg+xml

उदयपुरमा थप १ सय ४३ को स्वाब संकलन

शनिबार ३ जना थपिएका त्रियुगा नगरपालिका ३ भुल्के र आसपासका थप १ सय ४३ को स्वाब शनिबारै संकलन गरी परीक्षण गर्न पठाइएको छ । बुधबार पठाइएको रिपोर्टमा नयाँ संक्रमित पाइएपछि संभावित संक्रमित हुनसक्ने भन्दै पहिले छुटेका, राहत वितरण गर्दा खटेका तथा स्थानीय खाद्यान्न व्यापारी र सामाजिक क्षेत्रका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।

उदयपुरमा दोहोरो परीक्षण गर्दा देखियो ३ जनामा कोरोना, संक्रमित सबै भुल्केकै

उदयपुरमा थप ३ जना संक्रमित देखिएका छन् । जिल्लामा पहिलो संक्रमण फेला परेको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिद र आसपासबासी ३ सय ३१ मध्ये ३ सय ६ जनाको पिसिआर रिपोर्टमा ३ जना संक्रमित देखिएका हुन् । संक्रमण पुष्टि भएलगत्तै उनीहरुलाई आइसोलेसन राख्न विराटनगर पठाइएको छ ।

उदयपुरका क्वारेन्टाइन रित्तिँदै

त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोविड–१९) को केन्द्रबिन्दु मानिन पुगेको उदयपुरमा यो साता दिनयता क्वारेन्टाइन रित्तिँदै गएका छन्।

भुल्केको दोहोरो रिपोर्ट आएपछि अन्यत्र परीक्षण गरिने

त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोभिड–१९) को केन्द्रविन्दु मानिन पुगेको उदयपुरमा यो सातादिनयता क्वारेन्टाइन रित्तिदै गएका छन् । शुक्रबारसम्म त्रियुगा नगरपालिकामा १ महिलासहित ९, ताप्ली र रौतामाई गाउँपालिकामा क्रमशः ६ महिलासहित २४ र १ महिलासहित ३३ जनाबाहेक अन्य तहका क्वारेन्टाइन खाली छन् ।

कोरोना मुक्त भएपछि कोशी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

उदयपुरका पहिलो संक्रमित १३ को पिसिआर नेगेटिभ

उदयपुरमा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदका उनीहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

उदयपुरबाट घर आएका दम्पती क्वारेन्टाइनमा

खोटाङको रावाबेँसी गाउँपालिकामा उदयपुरबाट घर आइपुगेका दम्पतीलाई क्वारेन्टाइनमा राखिएको छ । गत फागुन अन्तिम साता नेपालटारस्थित आफन्तको घरमा पुगेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका दम्पत्तीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो । मालबाहक गाडीमार्फत ओखलढुंगासम्म आएर ओखलढुंगाबाट पैदल घर आएका दम्पत्तीलाई देउराली माबिमा बनाइएको क्वारेन्टीनमा राखिएको स्वास्थ्यचौकी डुम्रेधारापानीका अवेह मनीराम अधिकारीले बताए ।

‘उदयपुरका विरामी रिफर’ गर्ने नोबेल अस्पतालप्रति आक्रोसित

सोमबार साँझदेखि त्रियुगा नगरपालिका ११ गाईघाटकी २९ वर्षीया सरस्वति गुप्तालाई सुत्केरी व्यथा लाग्यो । सुरुमा स्थानीय डा. लाई देखाउँदा ‘केस कम्प्लिकेटेड’ देखिएको भन्दै सुविधासम्पन्न अस्पताल जान सुझाव आयो । लामो समयदेखिको लकडाउन, त्यसमाथि कोरोना संक्रमित धेरै देखिएकाले स्थानीय अस्पतालमा उपचार गर्न परिवारलाई डर लाग्यो, संक्रमित पाइएकैले स्थानीय अस्पतालहरु पनि जो कोही विरामीको खुलेर उपचार गर्ने मनस्थितिमा छैनन् ।

भुल्केबाहेक सबै मस्जिद क्षेत्र सुरक्षित

शुक्रबारको पछिल्लो रिपोर्ट अनुसार उदयपुरको भुल्केबाहेक अन्य मस्जिद र आसपासका स्थानीय सुरक्षित रहेको ठहर गरिएको छ । भुल्केको नुरी मस्जिदका १६ समातिसहित २८ मा संक्रमण पुष्टि भएपछि त्यहाँ आउजाउ गर्दा संक्रमण हुनसक्ने जोखिमको आशंका गरिएका अन्य मस्जिदको स्वाव परीक्षण रिपोर्ट सबै नेगेटिभ आएपछि उनीहरु सुरक्षित रहेको निश्कर्ष निकालिएको हो ।

ज्वरो र उदयपुरदेखि डराउँदै निजी अस्पताल

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गर्दा सबै क्षेत्रमा त्यसको ठूलो असर परेको छ । लकडाउनका कारण आर्थिक क्षेत्रमा ठूलै क्षति भए पनि मानवीय कुरा औषधिको हो, त्यस क्षेत्र झन् ठूलो समस्या सिर्जना हुन थालेको छ ।

उदयपुरका एक युवाद्वारा क्वारेन्टाइनमै आत्महत्या

उदयपुरको रौतामाई गाउँपालिकाको एक क्वारेनटाइनमा बसेका युवाले बिहीबार राति झुण्डिएर आत्महत्या गरेका छन् । गाउँपालिका ७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका रौतामाई ७ गुराँसेका १८ वर्षीय सुमन विक झुण्डिएर आत्महत्या गरेको गाउँपालिकाले जनाएको छ ।

भिटिएम अभावमा रोकिएको आरडिटी पुनः सुरु

नतिजा विश्वसनीय नभएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण (आरडिटी)बाट स्वास्थ्य जाँच रोक्न गतसाता सरकारलाई आग्रह गर्नुअघि नै उदयपुरमा रोकिएकोमा बुधबारदेखि पुनः त्यहीँ बिधि थालिएको छ । त्रियुगा ३ भुल्के मस्जिदमा नेगेटिभ देखिएका जमातीको पोलिमेरीज चेन रियाक्सन (पिसिआर) परीक्षणमा संक्रमण पाइएपछि आरडिटी परीक्षण जिल्लामा रोकिएको थियो ।

कञ्चनपुरबाट ४३ जनाको स्वाब सङ्कलन

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ।

उदयपुरका थप ८३ को स्वाब संकलन गरिदै

सातादिनभित्रै २८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएपछि कोरोना ‘इपिसेन्टर’ बन्न पुगेको उदयपुरमा आइतबार थप ८३ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको छ । गत बिहीबार पठाइएको ७८ मुस्लिमसहित १ सय २० को रिपोर्ट नेगेटिभ आएपछि रोकिएको संकलन कार्य अन्यमा पनि भाइरस सर्नसक्ने आशंका गर्दै सुचारु गरिएको हो ।

भारतबाट फर्केका स्थानीयबाट यसरी फैलियो उदयपुरमा काेराेना

पछिल्लो सातादिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मुलुककै ‘इपिसेनटर’ बन्न पुगेको उदयपुरमा भारतीय धर्म प्रचारकबाट कोरोना फैलिएको सुरुवाती अनुमान मिथ्या सावित भएको छ । शनिबार आएको पछिल्लो १ सय १० जनाको स्वाब परीक्षण (पिसिआर) रिपोर्टमा सबै नेगेटिभ देखिएपछि भारतीयबाट संक्रमण फैलिएको अनुमान गलत प्रमाणित भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्