११ मंसिर २०८१ मंगलबार
image/svg+xml

उदयपुरमा कसरी भित्रियो कोरोना ? जरो खोज्दै प्रशासन र स्थानीय सरकार

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदका ११ भारतीयसहित १३ जना धर्म प्रचारकमा वैशाख ५ गते पहिलो पटक कोरोना भाईरस (कोविड–१९) संक्रमण पुष्टि हुँदा धेरैको प्रतिक्रिया थियो ‘भारतीय नागरिकले कोरोना ल्याएर उदयपुरलाई स्वाहा बनाए।’

उदयपुरमा कोरोना संक्रमितको संख्या २८

बुधबार थप ३ जनामा कोरोना भाईरस (कोविड–१९) संक्रमण पुष्टि भएसँगै उदयपुरमा संक्रमितको संख्या २८ पुगेको छ। वैशाख ५ गते भुल्के मस्जिदमा रहेका १२ भारतीयमध्ये ११ र एक नेपालीमा पहिलो संक्रमण पुष्टि भएको थियो।

उदयपुर नाकामा रोक

कोरोना भाइरसको सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ।

उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण

मंगलबार ९ जनामा कोरोना संक्रमण भएसंगै संक्रमितको संख्या ४० जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा उदयपुरका ३३ वर्षीय एक पुरुष सहित अन्य ८ जना रहेका छन्।

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। मंगलबार उदयपुरका एकजनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो।

उदयपुरमा थप ८ जनाको रिपोर्ट शंकास्पद, 'क्रस चेक'का लागि धरान पठाइयो

उदयपुर भुल्केको मस्जिद क्षेत्रका थप आठ जनाको कोरोना परीक्षण रिपोर्ट ‘शंकास्पद’ आएपछि क्रस चेकका लागि धरान पठाइएको छ।

संक्रमित भारतीय बसेको मस्जिद आसपासका ६९ को स्वाव परीक्षण गर्न पठाइयो

शुक्रबार १२ जना भारतीयमा कोरोना संक्रमण भेटिएपछि साँझदेखि नै ‘सिल’ गरिएको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद आसपास बासिन्दाको स्वास्थ्य परीक्षण गर्न नमूना संकलन गरिएको छ।

उदयपुरमा तरकारी किन्न ‘सोशल डिस्टेन्स’

लकडाउनको १५ औं दिनपछि बल्ल उदयपुरको उपभोग्य सामग्री किनमेलमा ‘सोशल डिस्टेन्स’ कायम गरिएको छ। भिडभाडका साथ किनमेल गर्दा कोरोना संक्रमण बढ्न सक्ने जोखिम न्यून गर्न गाईघाटका खाद्यान्न तथा तरकारी बजारमा १ मिटर दुरीको सोशल डिस्टेन्स कायम गरिएको हो।

उदयपुरमा ४ सय बेडको क्वारेन्टाईन तयार

कोरोना भाईरस (कोभिड–१९) जोखिम नियन्त्रणको लागि  उदयपुरमा झण्डै ४ सय शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ। कोरोनाका संभावित संक्रमितलाई राख्न भनेर सदरमुकाम त्रियुगालगायत जिल्लाका आठ वटा स्थानीयतहमा गरी ३ सय ९७ बेडको क्वारेन्टाईन तयार गरिएको हो।

कटारी आईसोलेसनमा बसेका मग्राती फरार

उदयपुरको कटारी अस्पतालको आईसोलेसनमा राखिएका एक व्यक्ति शनिबार फरार भएका छन्। ४ दिनअघि भारतबाट आएका २१ जनाको समूहका एक ताप्ली गाउँपालिका ४ ठानागाउँका ३८ वर्षिय किर्तमान मग्राती अस्पतालबाट फरार भएका हुन्।

उदयपुरका बेलकामा २० र चौदण्डीगढीमा २९ बेडका क्वारेन्टाइन

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न र बचाउन उदयपुरका बिभिन्न स्थानीय तहले क्वारेन्टाइन र हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याएका छन्। यसैबीच बेलका नगरपालिकाले २ नं. वडा भागलपुर बान्डाँडामा २० बेडको क्वारेन्टाइन स्थापना गरेर सञ्चालनका लागि तयारी गरेको छ।

भारतबाट आएका थप ६ जनालाई कटारी क्वारेन्टाईनमा राखियो

भारतबाट फर्केका उदयपुरका थप ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ। भारतको सिलीगुढीमा कार्यरत उनीहरु नेपाल फर्कने क्रममा झापा प्रहरीको समन्वयमा बिहीबार विहान उदयपुर आईपुगेका हुन्।

उदयपुरमा आगलागी हुँदा १५ लाखको क्षति

उदयपुरको एक स्थानीयको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्रियुगा नगरपालिका-२ जोगीदहस्थित हर्कबहादुर विष्टको घरमा सोमबार दिउँसो भएको आगालगीबाट सो बराबरको धनमाल क्षति भएको हो।

एम्बुलेन्स दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु

उदयपुरमा एम्बुलेन्स ठक्करबाट घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे भएको दुर्घटनामा घाइते तीनमध्ये दुईको उपचारका क्रममा मृत्यु भएको हो। भने एक जनाको उपचाररत छन्।

विप्लव समूहका १४ कार्यकर्ता हतियार सहित पक्राउ

धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्