सम्बन्ध विच्छेद, बलात्कार र लागुऔषध भयावह
उदयपुरमा पछिल्लो समय जघन्य अपराधका घटनामा तीव्रता आएको छ। सम्बन्ध विच्छेद, जवरजस्ती करणी र लागुऔषधजस्ता जघन्य अपराधका घटना अत्यासलाग्दो बढोत्तरी भएको तथ्यांक जिल्ला अदालत उदयपुरले सार्वजनिक गरेको छ।
उदयपुरमा पछिल्लो समय जघन्य अपराधका घटनामा तीव्रता आएको छ। सम्बन्ध विच्छेद, जवरजस्ती करणी र लागुऔषधजस्ता जघन्य अपराधका घटना अत्यासलाग्दो बढोत्तरी भएको तथ्यांक जिल्ला अदालत उदयपुरले सार्वजनिक गरेको छ।
सबै स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने घोषित नीति अनुसार उदयपुरका ३ स्थानीय तहमा अस्पताल बन्ने भएको छ। जिल्लाका एक नगरपालिका र २ गाउँपालिकामा १५÷१५ शैयाका अस्पताल बनाउने गरी चालु वर्षमै काम थाल्ने निर्णय भएको हो।
झण्डै ५ दशकदेखि बसोबास गर्दै आएका कटारी नगरपालिका-१ कालीखोलाका स्थानीय सुकुम्बासी हुने जोखिममा परेका छन्। सरकारी जमिन हडपेको आरोप लगाउँदै उनीहरुविरुद्ध अदालतमा मुद्दा परेसँगै विगत ०२९ सालदेखि बसोबास गर्दै आएका कालीखोलाका ३९ घर परिवारलाई उठिबासको खतरा बढेको हो।
देशका विभिन्न ठाउँका ठूला विकास निर्माणका योजना म्याद नाघेर अलपत्र परेको अवस्थामा उदयपुर सदरमुकाममा निर्माणाधीन प्रदेशस्तरीय नमुना बसपार्कको कामले गति लिएको छ। उक्त बसपार्क सम्झौतामा उल्लिखित समयसीमाअगावै सक्ने गरी काम भइरहेको निर्माण व्यवसायीले बताएका छन्।
उदयपुरको दुई सडकमा बुधबारदेखि ‘टाईम कार्ड’ लागू गरिएको छ। सडक दुर्घटनामा कमी ल्याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरीले सगरमाथाले लोकमार्गको गाईघाट–कदमाहा खण्ड र सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी–घुर्मी खण्डमा टाईम कार्ड लागू गरेको हो।
देशका बिभिन्न ठाउँका ठूला विकास निर्माणका योजनाहरु म्याद नाघेर अलपत्र परेको अवस्थामा उदयपुर सदरमुकाममा निर्माणाधीन प्रदेशस्तरीय नमूना बसपार्कको काम सम्झौता अवधिअगावै सक्ने लक्ष्यका साथ अघि बढिरहेको छ। त्रियुगा नगरपालिका ३ र १२ बीचको साविक त्रियुगा बसपार्कमै निर्माणाधीन स्तरोन्नतिसहितको बसपार्क सम्झौता म्यादअगावै सक्नेगरी काम भइरहेको छ।
उदयपुर सदरमुकाम गाईघाटमा निर्माणाधीन प्रदेशस्तरीय नमूना बसपार्कको टर्मिनल भवन निर्माण कार्य युद्धस्तरमा भईरहेको छ। त्रियुगा नगरपालिका ३ र १२ को सीमास्थल त्रियुगा नदी किनारस्थित साविक बसपार्कलाई नै स्तरोन्नति गर्दै सुविधासम्पन्न अन्तराष्ट्रिय मापदण्डको अत्याधुनिक बसपार्क बनाउन टर्मिनल भवन निर्माण थाािलएको हो।
जनताको शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी आफै साधन स्रोतसम्पन्न नभएर असुरक्षित हुन पुगेपछि जनताले कस्तो सुरक्षा पाउलान्? यस्तै प्रश्न उदयपुर प्रहरीको हकमा लागू हुन्छ। सदरमुकामस्थित जिल्ला प्रहरीदेखि बिभिन्न नाका, व्यापारिक केन्द्र तथा स्थानीय तहमा स्थापित इलाका तथा चौकी र अस्थायी चौकीहरु साधन स्रोत सम्पन्न हुन नसक्दा जिल्लाबासीको शान्ति सुरक्षामा खट्ने प्रहरीलाई समस्या भईरहेको छ।
निजी सिमेन्ट कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले बजार खुम्चदै गएको महसुस गर्दै उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)को उत्पादन गैंडा सिमेन्टको मूल्य समायोजन गरेसँगै बिक्री बढेको छ।
उदयपुरमा बलात्कारका घट्ना भयावह बन्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पछिल्लो समय वर्षेनी महिलामाथि हुने बलात्कार र बलात्कारजन्य महिला हिंसाका घट्ना बढ्दै गएको देखिएको छ।
संक्रामक रोग दादुरा/रुवेलाविरुद्ध उदयपुरमा दुई चरणमा खोप अभियान चलाइने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले पत्रकार सम्मेलनको आयोजना गरी आउदो फागुनमा दुई चरणमा खोप लगाउन अभियान चलाउने जानकारी दिएको हो।
माघ १ गते तीन नदीको संगमस्थल (त्रिबेणी) मा नुहाउने, पूजा आराधना, नाचगान गर्दै सद्भाव आदानप्रदान गर्ने परम्परा नेपाली समाजमा छ। जस अनुसार सदरमुकाममा त्रियुगा नगरपालिका १२ विसनपुरस्थित त्रिबेणीमा माघी महोत्सवको आयोजना गरियो।
पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ का प्रमुख कैलाश देवले भने, ‘अधिकतम पुलको निर्माण कार्य सुस्त छ।’ सेक्टर योजनाले निर्माण सुस्त ढंगले अघि बढाउने कार्यको सम्पूर्ण विवरण संकलन थालेको छ।
गैंडा छाप सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट उद्योगले क्षमता बढाउने भएको छ। त्रियुगा नगरपािलका ६ जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको यो उद्योगको दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता छ।
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै आएका ट्याक्टर पक्राउ परेपछि उदयपुर बेलका नगरपालिकाका ट्याक्टर चालक आन्दोलित भएका छन्।