उदयपुरमा आयुर्वेदिक अस्पतालबाट उपचार सेवा सुरु
उदयपुरमा पहिलोपटक सञ्चालनमा आएको आयुर्वेदिक अस्पतालले औपचारिक उपचार सेवा सुरु गरेको छ।
उदयपुरमा पहिलोपटक सञ्चालनमा आएको आयुर्वेदिक अस्पतालले औपचारिक उपचार सेवा सुरु गरेको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने जिल्लाका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ।
१ नं. प्रदेशकै उत्कृष्ट र महत्वपूर्ण आयोजना निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभाहल तथा अतिथि गृह’ सदरमुकाम गाईघाटमा समयअगावै सकिने भएको छ। त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरमा निर्माणाधीन सभा भवनको काम अन्तिम तला र छाना हाल्ने ट्रसबाहेकको काम लगभग ७५ प्रतिशत सकिइसकेको छ।
उदयपुरको शाहीखोला बस्तीमा गएरातिदेखि फैलिएका अचानाकको झाडा–वान्ता प्रकोपले दर्जनबढी बिरामी परेका छन्। त्रियुगा नगरपालिका १६ मा पर्ने शाही खोलामा बिरामी पर्नेहरु एकाघरका ५ जनासम्म रहेको स्थानीय शाही टोल विकास संस्थालाई उद्धृत गर्दे वडाध्यक्ष मानबहादुर राईले बताए।
उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार भएको जीप दुर्घटनामा ३ यात्रुको मृत्यु भएको छ। जरुवाको भित्री सडक भएर कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नं. को बोलेरो जिप दुर्घटनामा पर्दा त्यसमा सवार ५ मध्ये ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबारदेखि सकिएको २८औं महिला ‘हिंसाविरुद्धको १६ दिने अभियान उदयपुरका सबै स्थानीय तहमा भव्यरुपमा सम्पन्न भएको छ।
आधा दशकअघि ५० शैय्यामा स्तरोन्नति गरिएको भौतिक पूर्वाधारयुक्त उदयपुर जिल्ला अस्पताल पछिल्लो समय अस्तव्यस्त भएर ‘रिफर सेन्टर’ मा परिणत भएको भन्दै जिल्लावासीबाट व्यापक जनगुनासो आएपछि युवाहरुले ‘अस्पताल बचाऊ’ अभियान थाल्ने भएका छन्। दरबन्दी अनुसार चिकित्सक अभाव, प्रशासनिक लापरवाही र सेवा प्रवाह प्रभावकारी नभएको तथा व्यवस्थापकीय कमजोरीप्रति चरम असन्तुष्टि बढेपछि जिल्लाका सरोकारवाला युवाहरुको समूह अस्पतालको साख फर्काउँदै स्तरोन्नतिका लागि अभियान चलाउने निश्कर्षमा पुगेका हुन्।
उदयपुर प्रहरीले लागु औषधसहित काठमाडौं र गाईघाटका यृुवालाई पक्राउ गरेको छ। गाईघाटतर्फ आउँदै गरेको स १ ज ६०२ नं. को विङ्गर गाडीमा उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तास्थित सडकमा चेकजाँच गर्ने क्रममा ९० थान नाईट्रोजन ट्याब्लेटसहित युवाहरु पक्राउ परेका हुन्।
उदयपुरको कटारी नगरपालिका ११ बेतिनीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। विपरित दिशाबाट आउँदै गरेको प्र १–०५–००१ क ०००१ नं. को ट्रकबाट बँच्न खोज्दा दुर्घटनामा परी कटारी नगरपालिका ३ का ३४ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उद्योग सञ्चालन समिति (बोर्ड) बैठकले गत शुक्रबारदेखि लागू हुनेगरी प्रतिबोरा २५ रुपैयाँ घटाउँदै गैंडाको मूल्य समायोजन गरेको थियो। गत भदौमा १ महिनाका लागि प्रतिबोरा २५ रुपैयाँ बिक्रेतालाई ‘बोनस’बापत दिने निर्णय गरेकै मूल्य समायोजन गर्दा बिक्री बढेको उद्योगको भनाइ छ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन रहेको सिमेन्टले मूल्य समायोजन गरेपछि बिक्री बढेको जनाएको छ। पूर्ण सरकारी स्वमित्व रहेको सिमेन्ट निजी क्षेत्रका उत्पादन भन्दा गुणस्तरीय मानिन्छ।
उदयपुर सदरमुकाम गाईघाटमा भुस्याहा कुकुरको आतंक फैलिएको छ। आइतबार ३ घण्टा हाराहारी अवधिमा एउटै कुकुरले १० जनालाई टोकेर घाईते बनाएपछि गाईघाट बजारमा ‘कुकुर आतंक’ मच्चिएको हो।
बसपार्कको संरचना निर्माणमा मूल्य अभिवृद्धि करबाहेक १९ करोड २५ लाख रुपैयाँ खर्च हुने प्राविधिक इस्टिमेट बने पनि झन्डै ३४ प्रतिशत कम वा १२ करोड ६१ लाख रुपैयाँमा रमण÷आइएसएनडी जेबीले निर्माणको जिम्मा लिएको छ।
उदयपुर सदरमुकाम गाईघाटमा एक नम्बर प्रदेशकै अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक र सुविधासम्पन्न नमूना बसपार्क बन्ने भएको छ।
विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका उदयपुरका दर्जन बढी अभियुक्तलाई प्रहरीले एकैदिन पक्राउ गर्न सफल भएको छ।