१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भिजिट नेपाल सफल पार्न स्तरोन्नतिमा जोड

उदयपुरलगायत माथिल्लो सगरमाथाका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्न सिद्धिचरण लोकमार्गको स्तरोन्नति र मर्मत गर्नुपर्नेमा जोड दिएका छन्। सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जोड्ने जीर्ण सिद्धिचरण सडक तत्काल मर्मत र स्तरोन्नति नगरे भिजिट नेपाल वर्ष सफल हुन बाधा पुग्ने सांसदहरूको ठहर छ।

६ वर्षीया बालिकामाथि जवरजस्ती आरोपमा युवक पक्राउ

उदयपुरकी एक ६ वर्षीया बालिकामाथि जवरजस्ती गरेको अभियोगमा युवक पक्राउ परेका छन्। ३ दिनअघि बालिकामाथि जवरजस्ती गरेको आरोपमा जिल्लाको कटारी नगरपालिका ३ राजाबासका १९ वर्षीय गणेश गिरी पक्राउ परेको प्रहरीले जनाएको छ।

उदयपुर अदालत जनमैत्री बन्दै

उदयपुर जिल्ला अदालतले चालु आर्थिक वर्ष ०७६/७७ लाई ‘सबैका लागि न्याय’ सुनिश्चित वर्षको रुपमा मनाउने रणनीतिक लक्ष्य तय गरेको छ। न्यायाधीश दीपक खनालले अदालतको वार्षिक प्रगति, लक्ष्य, कार्यसम्पादन विधि र न्यायमैत्री अदालतको पहिचान बनाउँदै ‘भिजन २०८०’ को लक्ष्य छुन २३ बुँदे रणनीतिक योजना बनाइएको जानकारी दिए।

छुट्टाछुट्टै घट्नामा बालक र बृद्धको मृत्यु

उदयपुरमा फरक फरक घट्ना मा परी एक बालक र बृद्धको मृत्यु भएको छ। शनिबार दिउँसो २ बजे खोलाले बगाएर कटारी नगरपालिका ५ भोर्लेका एक बालकको मृत्यु भएको छ भने चौदण्डीगढी नगरपालिका ८ कात्तिकेमा अघिल्लो विहान एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।

उदयपुरमा २१ डेंगुका विरामी भेटिए, कटारीमा मात्रै १९ जनामा संक्रमण

सुनसरीको धरानमा पहिलो पटक देखा परेको डेंगुको जिवाणु जताततै फैलिदै उदयपुरमा पनि डेढ दर्जन बढीमा संक्रमण भएको पाइएको छ। सुरुमा सात दिनअघि कटारी बजारका २ जना विरामीमा देखा परेको डेंगुको जिवाणुले सोमबारसम्ममा २१ जनालाई विरामी पारेको फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

उदयपुरमा डेंगुका २१ जना विरामी

सुनसरीको धरानमा पहिलो पटक देखा परेको डेंगुको जिवाणु जताततै फैलिँदै उदयपुरमा पनि डेढ दर्जन बढीमा संक्रमण भएको पाइएको छ। सुरुमा सातादिनअघि कटारी बजारका २ जना विरामीमा देखा परेको डेंगुको जिवाणुले सोमबारसम्ममा २१ जनालाई विरामी पारेको फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

चट्याङ लागेर किशोरीको मृत्यु, एक घाइते

उदयपुरमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर आइतबार दिउँसो घरमै बसिरहेका त्रियुगा नगरपालिका १५ खाँबुकी १३ वर्षीया निर्मला मगरको मृत्यु भएको हो। २९ वर्षीय पूर्णबहादुर मगर घाइते भएका छन्।

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी उदयपुरकी एक बृद्धाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका चुहाडेदेखि गाइघाटतर्फ आउँदै गरेको स ५ प ३६३७ नं. को मोटरसाईकलले ठक्कर दिँदा सोही वडाकी ७० वर्षीया मनमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

उदयपुरमा गत वर्षभन्दा १३० प्रतिशतभन्दा बढी राजस्व

उदयपुरमा आर्थिक वर्ष ०७५/७६ मा राजस्व संकलनमा उत्साहजनक वृद्धि भएको छ। गाईघाटस्थित करदाता सेवा कार्यालयका अनुसार ०७४/७५ भन्दा राजस्व संकलन १ सय ३० प्रतिशत बढी संकलन भएको छ।

५४ थान लागू औषधसहित ४ जना पक्राउ

उदयपुर सदरमुकाम नजिकै असारीबाट ४ युवा प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन्। त्रियुगा नगरपालिका १३ किरात चोकमा केही युवाहरुको समूह लागू औषध सेवन गरिरहेको खवर स्थानीयले दिएको आधारमा खटेको प्रहरी टोलीले शनिबार दिउँसो ३ः४० बजे ५४ थान लागू औषधसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले थुनिएको खोला फुट्यो

जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ।

पहाड खसेर खोला थुनिँदा नेपालटार जलमग्न, उद्धार टोली नै अलपत्र

लगातारको वर्षाले उदयपुरगढी ६ स्थित धप्पर पहाड खसेर स्थानीय वैद्यनाथ खोला थुनिएपछि आसपासका सयौं घरपरिवार डुबानको जोखिममा परेका छन्। केही दिनदेखि लगातार परिरहेको वर्षाले शनिबार विहान ११ बजे पहाडै खसेर खोला थुनिएपछि पानी जम्दै गएर नेपालटार उपत्यका जलमग्न हुँदै गएको स्थानीय बोधकुमार घिमिरेले बताए।

मुख्यमन्त्री लिग : घरेलु टोली खोटाङसँग स्तब्ध

उदयपुरमा जारी मुख्यमन्त्री लिग फुटबलमा घरेलु टिम उदयपुर ११ पराजित भएपछि प्रतियोगिताको शीर्षस्थान उक्लने मौका गुमेको छ। बुधबार सम्पन्न खेलमा खोटाङसँग १–० ले पराजित भएसँगै उदपुरलाई शीर्ष स्थान उक्लने मौका गुमेको हो।

गाईघाटमा बम, कटारीमा शंकास्पद बस्तु

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाको बन्दको दिन मंगलबार उदयपुर सदरमुकाम गाईघाटमा सुतली बम भेटिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका १२ आदर्शटोलस्थित वडा कार्याालय नजिकै फेला परेको बम सुरक्षाकर्मीले निष्किृय पारेको छ।

लिमचुङबुङ–हलेसी केबलकार जोड्न सम्भाव्यता अध्ययन, ४ घण्टाको बाटो १५ मिनेटमै

उदयपुरको लिमचुङबुङ गाउँपालिकादेखि खोटाङको त्रि–धार्मिक तीर्थस्थल हलेसीसम्म केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्