१२ मंसिर २०८१ बुधबार
image/svg+xml

समृद्ध देश बनाउन खेलकुद अपरिहार्यः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई सभ्य, समृद्ध, सुसंस्कृत र विकसित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। शनिबार गाईघाटमा सम्पन्न ‘छैठौं रमपम उदयपुर गोल्डकप प्रतियोगिता ०७६’ को समापन गर्दै मुख्यमन्त्री राईले खेलकुदको माध्यमबाट अनुशासित, गतिशील, इमान्दार र स्वस्थ नागरिकको निर्माण हुने भन्दै देशअघि बढाउन त्यस्ता सक्षम र इमान्दार जमातको खाँचो रहेको बताए।

उदयपुर गोल्डकपको फाइनलमा गोर्खा ब्वाइज र एपीएफ भिड्ने

उदयपुरमा जारी ‘छैठौँ उदयपुर गोल्कप प्रतियोगिता ०७६’ को फाइनल खेल शनिबार हुँदैछ। शनिबार हुने फाइनलमा उपाधिका लागि गोर्खा ब्वाईज क्लब रुपन्देही र ए डिभिजन टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

१३ वर्षीया बालिकामाथि जबरजस्ती गरेकाे आरोपमा पक्राउ

उदयपुरका एक युवा बालिकामाथि जवरजस्ती गरेको आरोपमा पक्राउ परेका छन्। १३ वर्षीया बालिकामाथि जवरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका ४ का ३६ वर्षीय देवकुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उदयपुर सिमेन्ट उद्योग निरन्तर सुधारतर्फ

राजनीतिक बेथिति र प्रशासनिक अराजकताले थलिएको लामो समयपछि वौरिन थालेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) पछिल्लो समय निरन्तर सुधारको क्रममा छ। एसियाकै उत्कृष्ट गुणस्तरीय प्रमाणित गैंडा छाप सिमेन्टको उत्पादक उसिउलिले दुईवर्षयता परिणाममा देखिने गरी उत्पादन र विक्रीमा प्रगति गरेको हो।

उदयपुर गोल्डकप आउँदो २५ देखि

०६८ सालदेखि सञ्चालनमा आइरहेको ‘उदयपुर गोल्डकप’ को यस वर्षको संस्करण आउँदो २५ गतेदेखि सुरु हुने भएको छ।

भारतीय सहयोगमा क्याम्पस भवनको निर्माण

भारत सरकारको सहयोगमा उदयपुरमा क्याम्पस भवन निर्माण गरिएको छ। ३ करोड २ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित चौदण्डीगढी नगरपालिकाको श्री आदर्श शिक्षा क्याम्पसको २ तले भवनको शनिबार सांसद नारायण खड्काले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए।

उदयपुर सिमेन्टकाे जग्गा अतिक्रमण

ललितानिवास, पशुपतिनाथ मन्दिर र छाया सेन्टरको जमिन भूमाफियाको कब्जामा परेको विषयले राष्ट्रिय चर्चा पाइरहेका बेला उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको जग्गामाथि पनि भूमाफियाको नजर परेको पाइएको छ। त्रियुगा नगरपालिका–४ र ६ को सीमास्थल पन्जियार चोकदेखि उद्योग परिसरभित्र जाने सडकछेउको तीन बिघा खाली जमिन अज्ञात समूहले रातारात अतिक्रमण गर्न थालेको पाइनुले उद्योगको जमिनमाथि पनि भूमाफियाको नजर परेको रहस्य खुलेको हो।

रातारात अतिक्रमण हुन लागेको जग्गा प्रहरीले जोगायो

अतिक्रमण गर्न प्रयोग गरिएका बाँसका किला हटाएर जमिन खाली गराएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले बताए। उनकाअनुसार अज्ञात समूहले रातिराति अतिक्रमण गर्दै किला ठोकेर घडेरी छुट्याउन खोजेको उद्योगले जमिन प्रहरी खटाएर सुरक्षित गरिएको हो ।

शरिर काँप्ने रोग नेपालमा पत्ता नलाग्ने भएपछि विरामी घर फर्काइयो

शरिर काँप्ने व्यथाले च्यापेर अस्पताल लगिएका उदयपुरका विरामीहरुको रोग नेपालमा पत्ता नलाग्ने ठहरसहित घर फर्काइएको छ। हप्ता दिनअघि घरैबाट उद्धार गरी उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएका रौतामाई गाउँपालिका ६ नामन्तका समाल मगर परिवारका आधा दर्जन बढी विरामीलाई रोग पत्ता नलागेको भन्दै घर फर्काइएको हो।

चट्याङ लागेर उदयपुरमा १ को मृत्य, ५ जना घाइते

गएराति परेको चट्याङले कटारी नगरपालिका ८ की ३७ वर्षीया कालीमाया आलेमगरको मृत्यु भएको छ भने उनकै परिवारका श्रीमान् र छोराछोरीसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उदयपुर र किमाथाङ्का सडक जोडिने

प्रदेश सरकारको उच्च प्राथमिकताभित्र रहेको विराटनगर–किमाथाङ्का सडक खण्ड अन्तरगत उदयपुर र संखुवासभाबीच सोझो यातायात सम्बन्ध स्थापित हुने भएको छ।

त्रियुगामा ऐलानी जमिनमा बसोबास गर्नेकाे संख्या अत्याधिक

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको एक तथ्यंकले देखाएको छ। नगरपालिकाले अव्यवस्थिततवरले ऐलानी जमिनमा बसोबास गर्नेलाई व्यवस्थापन गर्नको लागि आव्हान गरेको आवेदन एक महिनामै १८ हजार दर्ता भएपछि ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको खुल्न आएको छ।

सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम

सदरमुकाम गाईघाट बजारमा निर्माणाधीन चार लेन सडकको काम ढिला भएको भन्दै स्थानीयले चक्काजाम गरेका छन्।

उदयपुरका जंगलमा जताततै डढेलो, तीन दिनमा ६० सामुदायिक वन र चुरे जंगल नष्ट

उदयपुरका प्रायः सबैजसो जंगलमा ३ दिनयता फैलिएको डढेलो नियन्त्रणबाहिर गएको छ। सदरमुकामदेखि पूर्व, उत्तर, पश्चिम र दक्षिणीभेगका अधिकांश वनजंगलमा फैलिएको डढेलो साँझ परेसँगै गाईघाटदेखि प्रष्ट देखिने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्